Friday, April 5, 2013


नभुलिने चोटहरु


भनिन्छ,मानिस एउटा सामाजिक प्राडी हो र उ एउटा समाज को मान मर्यादा प्रती ख्याल राखेर आफ्नो इजत बचाउन को लागी सधै खराब काम बाट टाडा रहन चाहन्छ, धन दौलत भन्दा पनि आफ्नो इज्जतमा कतै दाग पो लाग्ने हो कि भनेर सधै क्रियासिल भईरहेको हुन्छ |

तर म यहाँ तपाईहरुलाई मेरो आफ्नै जिबनमा घटेको अविस्मरडीय घटना पेस गर्न गइरहेकोछु,कि मानिस पैसाको लागी यति समेत तुच्छ र कठोर हुदारैछन् जुन मैले जिबनमा कहीले पनी कल्पना गरेको थिईन् |

जिबन एउटा संघर्षको यात्रा अनी लडाई को मैदान रहेछ | आफ्नो सपना साकार पार्नको लागी जिबन को संघर्समा लड्नु पर्दोरहेछ | मेरो आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा २०५३ साल तिर मलाई पनी परदेस जानु पर्ने बाध्यता भयो | यो कोमल मनलाई दुखित बनाउदै हरेक पिडालाई धकेल्दै ठुला ठुला सपनाका महल बोकी पैसा कमाउन रहर लाग्यो | मैले खाडी मुलुक कतारलाई आफ्नो भाग्य थलो बनाए | साहुसग चर्को ब्याज काडेर एजेन्टलाई मोटो रकम बुजाए अनी कतार आइपुगे | यो बिरानो मुलुक अनी ५० डिग्रीको तापक्रममा काम खै के भनु हाथमा गैती र बेल्चा अनी सरीरबाट निस्केको पसिनाले वर्षा याम मा परेको पानीले भिजे जस्तै कपडा निथ्रुक्क भिज्थियो भने हाथमा मकै भुटेसरि ठुलाठुला ठेला हुन्थियो भने कुनै बेला गर्मी सहन नसकेर फेन्ट भैन्थियो | यहाँ को दुख सम्झदा मुटु चस्कन्छ अनी आखा बाट बलिद्र आसुका धारा | परदेसिने सबै जनाको पिडा लगभग यस्तैनै छ भनेर चित्त बुझाउने गर्थे |
३ वर्ष को कठिन परिश्रम पश्चात म छुटीमा आफ्नो घर आएको थिए | छुट्टीका दिनहरु बितिनै रहेका थिए | त्यस्तै १ दिनको कुरा हो | म र मामा को छोरा दाई झापा जिल्ला इस्थित गौरादह बजार घुम्नको लागी गएका थियौ | समय को खेल भनौ या आफ्नो भाग्य, अचानक १ जना त्यस्तै १५,१६ बर्सको केटीसग मेरो नजर पर्न गयो र उसले पनि मलाई एकोहोरो नजर ले हेरिनैरही,मलाई कता कता त्यो केटी को बारेमा जान्न कौतुहलता जागेर आयो र मैले दाई लाई पछाडी बाट त्यो केटी लाई देखाउदै भने दाई त्यो केटी को हो चिन्न सक्नुहुन्छ दाई ले पनि अगाडी बाट नै गएर त्यो केटीलाई हेर्नुभयो र वहाले आफ्नो नाता को मान्छे भनेर भन्नु भो | कुरा बुज्दा दाइ र केटी को ममी सानिमा-ठुलेमा को छोरा छोरि पर्नु हुदोरहेछ | त्यो केटी नाताले भान्जी | दाईले किन र भाई त्यो केटीको बारेमा सोध्नु भएको भनेपछि मलाई कता कता त्यो केटीको बारेमा जान्न मन लागिरहेको थियो | किन त्यो केटीले मलाई एकोहोरो हेरीरहेकी होली मन मा त्यस्तै त्यस्तै कुराहरु खेल्दै थियो दाईले अचानक भाइ किन त्यो केटीको बारेमा जान्न मन छर ! अ दाई भन्नु न भनेर मैले दाईलाई अनुरोध गरे |
भाई कुरा आज भन्दा १ वर्ष अगाडीको हो | गाउको एउटा नेवार जाती केटासग पोइला गएर २ महिना पछि छुटाएर लाएको हो | अहीले भर्खर १६ बर्सको लाग्दैछिन | मैले मन मन नै कल्पना गरे | कस्तो १३-१४ वर्षमा नै केटीहरु लाई पोईला जानु परेको होला | दाजु भाई त्यस्तै त्यस्तै गफ गर्दैथियौ | फेरी पनि त्यो केटी तिर नजर फर्काएर हेरेको त्यस्तै मायालु नजरमा मलाई नै हेरी रहेकी थी | खै के भएर हो मलाई पनि त्यो केटी प्रति १ किसिमले दया पलाएर आयो अनि मन मनै सोच्न थाले | हाम्रो गाउ समाजमा १ पल्ट अर्कासग बिवाह गरेर गैसकेपछि माईतीको जिबनमा कत्रो असरपर्ला छोरि चेलीको बोज |आखिर अब यस्तो केटीसग कसले बिवाह गर्ला १ पल्ट लागेको कलंकको दाग मेटिन गारो हुन्छ| बुडापाकाले भनेको सुनेको थिए- छोरि चेली को इजत सियो को टुप्पोमा हुन्छ रे |त्यसरीनै सोचिरहेको थिए | कति खेर घर जाने बेला पो भैसकेछ र दाई र म घर जान तरखर गर्न लाग्दैथियौ | अचानक त्यो केटीको बाउ सग भेट भयो र हामी ४ जना नै चिया खान लाग्न थाल्यौ | त्यहाँ मेरो,केटी र उसको बाउ को चिनजान भो | तर त्यो केटीको म प्रति को हेराईले मलाई धेरैनै भाबुक बनाएको थियो | कुनैपनी केटीले त्यस्तो मायालु नजरले मलाई हेरेको मैले कहिल्यै देखेको थिइन | सायद उसलाई आफ्नो भबिस्यको बारेमा चिन्ता थियो होला |
हामी केही समय पछि त्यहाँ बाट बिदाबारी भयौ | अनि उनि पनि मन खल्लो बनाएर आफ्नो गन्तब्यतिर लागिन |

बाटामा दाजु भाई त्यही केटीको बारेमा गफ गर्दै हिड्दै थियौ
| दाइले मलाई कि भाई,भान्जी मन पर्यो भने म कुरा चलाऊनेछु | मैले कुरा सुने मात्र र सोचौला न भनीदिए बेलुका म आफ्नो घरतिर लागे र दाई आफ्नो घर तिर लाग्नु भो | मैले गौरादहमा भएको सबै घटना मेरा मिल्ने साथीहरुलाई सुनाए र साथीहरुले प्रति उत्तरमा मानिस भएपछि अर्काको दुख सुखमा साथ दिनुपर्छ त्यसरी गाऊसमाज बाट अपहेलित नारी कसैको सहाराको खोजिमा तड्पिनेलाई साथ दियो भने तैले जिबनमा धेरै नै सुख पाउछस| त्यस्ताले त आफ्नो लोग्नेलाई धेरै नै माया गर्छन तैले अहिले साथ दिइस भने गाउ समाजले पनि तलाई कस्तो महान सम्झिने छन | यस्तै कुराहरु सबैको मुखबाट सुन्न पाए |मलाई पनि सानै देखि अर्काको पिरमार्का र दुख सुखमा साथ दिन मन लाग्दथियो | मेरो अन्तर आत्मा अलिक कमजोर भएर होला | कसैको दुख देख्ने बितीकै दया पलाएर आइहाल्थियो| मलाई कता कता त्यो केटी देखी भित्री आत्मा बाट नै दया पलाईरहेको थियो | मन ले के गर्नु गर्नु भैरहेको थियो

भोलिपल्ट म घरमा त्यसै बसीरहेको थिए
| खै के मुड चलेर हो फेरी मलाई गौरादह बजार जान मन लाग्यो र दाई र म भएर गौरादह बजार तिर लाग्यौ |बजार पुगेको लगभग २ घण्टा पछाडी फेरी त्यही केटीलाई मैले देखे र अचम्म माने | हिजो त बाउ छोरि काम बिसेसले बजार आएका थिए तर आज स्कूलमा पदाई हुदा हुदै फेरी बजार!सायद कुनै काम थियो होला भन्ने सम्झे,जब उनीलाई मैले देखे उनको अनुहारमा एक किसिमको उदासिन र निरासा मात्र देखिन्थियो भने केही लजालुपन | उनले म बाट नजर हटाउन नै चाएकी थिइनन् भने उनलाई कुनै पहाड ले थिचे जस्तो भान भैरहेको थियो मलाई |
अनि गफ गाफ मै उनले आफ्नो नाम बन्दना पाठक हो र डेडी को नाम कृष्ण प्र. पाठक, घर खजुरगाछी-६ बजार मा हो भनिन मैले पनि आफ्नो परिचय दिए | उनको हरेक सब्दमा केही नैरास्य मात्र देखिन्थियो सायद पहिलो प्रेमी बाट पाएको धोकाले समाजमा जुन दाग लागेको थियो उनि माथि सायद त्यस बोजको कारणले होला भन्ने सोचे | मलाई उनको प्रतेक बोलीले उनि माथि दयाको भाबना मात्र जागेर आउथ्यो | त्यसैबखत दाइले भान्जी तिमी एकछिन यता आउन तिमी सग केही गफ गर्नु छ भनेर अलिक परतीर लानुभो |केहीबेर पछि वहाहरु आउनुभयो खै के के कुरा गर्नुभो त्यो त मलाई थाहा हुनसकेन | अनी उनी पनि मामा घर नै जाने भइन र मेरो मोटरसाइकलमा बसिन | म मौन भएर नै दाईको घरमा पुगे | दाइले सबै मेरो बारेमा उनीलाई घरमा पुगेपछि भन्नु भएछ | अनी हामीले सगै बसेर फोटो पनि खिचायौ र उनले आफ्नो घर लिएर जाने कुरा गरिन | मैले पनि ठिक छ नि त!जाने नै निर्णय गरे र दाई बसमा जानुभो भने हामी २ जना चाही मोटरसाइकल मा नै गयौ |बाटो लगभ आधा जस्तो काटेपछि मैले उनको वास्तविक घटना को बारेमा बुझ्न खोजे जुन कुरा उनि कै मुख बाट सुन्न चाहन्थे र हामी एउटा चौर मा गएर बस्यौ |
अनी मैले नै कुरा खोतल्न थाले | तिमीलाई दाइले के कुरा भन्नु भो ? मैले सोधे जबाफ मा तपाइले मलाई मन पराए को कुरा गर्नु भो मामा ले भनिन,मैले आफै सोधे के तिम्रो बिगतमा भएको वास्तविक घटना के हो मलाई भन्न सक्छौ त !उनि अलिक मौन भइन र केही बेर पछाडी आफ्ना कुरा भन्न थालिन:-मेरो एउटा गाउकै घर नजिक को नेवार केटा सग प्रेम भएको थियो र खै मन मा के आएर हो हामीले भाग्ने विचार गर्यौ | ४५ दिन सम्म हामी केटाको आफन्त को मा गएर बस्यौ | त्यस पछाडी हाम्रो बिछोड भयो | यसै बिचमा उनले धेरै नै दुख लाग्दो कुरा गरिन छोरीको जात एकपल्ट बदनाम भएपछि समाज मा बस्न गारो हुदो रहेछ | सबैले उ फलानी मात्र भन्छन मुख देखाएर हिड्न गारो हुन्छ | किन बिछोड भएको त भन्दा डेडीले छुटाउनु भएको भनिन | अनी हामी बिच धेरैनै कुराहरु भए त्यस बिचमा र उनीको अनुहार पुरै आशु ले भिजेको थियो | जुन मेरो लागी असहाय पिडा भएको थियो,अनी मैले के तिमि मसग बिवाह गर्न चाहन्छौ त! मैले फेरी प्रस्न राखे उनले मेरो हात को औला खेलाउदै आसुले भिजेका परेलीले इसारा दिदै स्विकारिन र भन्दै गइन:-हजुरले मलाई स्वीकारनु म तपाई लाई यती माया र इज्जत गर्छु यो जुनी मा त के हाम्रो माया सयौ जुनी सम्म अमर रहने छ तपाई को हर पाइला पाइलामा म साथ दिन्छु |

तपाईले एक पल्ट मेरो बारेमा ममी डेडी सग गएर १ पल्ट हात मात्र माग्नुस भनिन
| मैले प्रति उतर दिदै भने तिम्रो ममी डेडी ले मान्नु भएन भने नि त |त्यो सबै जिम्मा मलाई छोड दिनु भनिन | ल ठिक छ नि त! अनी हामी फेरी आफ्नो गन्तब्य तिर लाग्यौ | केही समय पछाडी नै हामी उनीको घरमा पुग्यौ | बेलुका को खानपान पछाडी हामी(कृष्ण पाठक,मुना देबी पाठक,बिनोद पाठक बन्दना पाठक अनी दाई र म ) माथि छत् मा गएर गफ गर्यौ | वहा हरुले पनि केटा र केटी को कुरा मिल्छ भने हामीले के भन्नु र! हामी छोरि दिन तयार छौ भन्नु भो अनी मैले २ वर्ष पछाडी आएर बिवाह गर्ने बचन दिए | केटी पट्टी बाट हुन्छ नै भन्नु भो | राति अबेर सम्म गफ गरेपछि हामी सुत्न लाग्यौ | भोलि पल्ट बिहान हामी अब जान्छौ बन्दना सग केही गफ गर्नु थियो | भोलि गौरादह सम्म पठाईदिनु न भने |बन्दना ले पनि आउछु भनिन | हामी त्यहा बिदा भएर हिड्न थाल्यौ | दाई र भाई बाटामा गफ गर्दै आयौ | भाई तिमी त महान बिचारधारा को रहेछौ, तिमी भित्र यत्रो दयाको भाबना छ भन्ने मैले सोचेको नै थिईन | तिम्रो महानता को म सधै कदर गर्छु | दाइले त्यस्तै भावनात्मक कुरा गर्दै हुनु हुन्थियो | म कुरा सुन्दै आफ्नै पारामा मोटरसाइकल चलाई नै राखेको थिए | कति छिट्टो गौरादह आइपुगेछौ थाहानै भएन | ल दाई अब बिदा हौ भन्दै म आफ्नो घर तिर लागे |
२ महीना को छुट्टि बितेको पनि पत्तै भएन अब त ५ दिन मात्र बाकि रहेछ बिदेस जान | एक मनले त दिक्क लागेर आउथ्यो बिदेस मा गरेको दुख सम्झदा | तर के गर्नु घर को आर्थिक अवस्था कमजोर अनी मेरो आफ्नो कर्तब्य लाई पुरा गर्ने दाइत्तो म मा थियो | म सबेरै खाना खाएर बन्दना आउने समय पर्खेर बसीरहेको थिए नभन्दै उनि पनि मैले भनेकै समय मा आइपुगिन | एकछिन को गफ गाफ पछि हामी दमक तिर लाग्यौ | दमक पुगेर एकजना दाजु पर्ने को रूम मा हामी गयौ | बन्दना यदि मैले तिमीलाई आजै सिन्दुर लगाईदिए भने के गर्छौ ? प्रति उतर मा उनि केही बोलिनन् मौन भएर सुनी रहिन | सायद उनि लाई मैले चाडै नै अपनाएको हेर्न चाहन्थिन् होला | मैले पनि उनीको चाहना बमोजिन नै तत्काल हात को नाडी काटेर उनीको सिउदो रंगाईदिए अनी आफुसग भएको सुनको सिक्रीले उनीको गला सजाई दिए | तब मात्र उनि को मुहारमा खुसी का किरणहरु देखिन थाले | उनि खुसीले यती गद्गद् भइरहेको थिईन जो म कसरि बयान गरौ | मलाई लाग्यो कि हाम्रो माया यसरी नै सधै झागीरहोस उनले मलिन शोर मा भंदैथिन- यो तपाई को म प्रति को माया र विश्वास लाई म कहिल्यै पनि टुक्राउने छुइन |सधै तपाईको छहारी भएर बस्नेछु,त्यसरी नै उनि धेरै नै भाबना मा डुबी सकेकी थिइन् | अनी उनिले र मैले श्रीमान श्रीमती कै सम्बन्ध राखेर धेरै फोटो पनि खिचायौ| मेरो अब बिदेस हिडने दिन आइसकेकाले उनको र मेरो भेट अब २ वर्ष पछाडी मात्र हुने कुरा मैले उनीलाई जानकारी गराए | अनी आजको रात सगै बसेर गफ गर्ने भन्ने सल्लाह गरेर हामी दाई कै घरमा बस्ने योजना बनायौ र दाईको घरतिर लाग्यौ | दाइको घरमा पुग्दा दाई र भाउजु पनि अचम्ब मान्नु भो | भान्जी को सिउदो देखेर,मलाई कुनै डर थिएन किनकि म उनिलाई भित्रि मनबाट सच्चा माया गरेर सधैको लागी आफ्नो अर्धागिनी बनाउन चाहन्थे |
बेलुकी को खानपान पछाडी हामी सगै नै सुत्यौ | रात भरि त्यस्तै माया ममता र भबिस्य को बारेमा नै कुरा भयो | भोलि पल्ट उनिलाई मैले गौरीगंज पुर्याइदिए | र हामी राती सगै बसेकोमा,उनको ममी डेडीले पनि खासै आपति जनाउनु भएन, एकछिन को बसाई पछाडी म त्यहा बाट हिडने निधो गरे | उनिले मलाई साहै नै दयालु पाराले हेरिनै रहिन म पनि मन गरुङ्गो पारेर हिडे | समय आफ्नै चक्रमा दौडीरहेको थियो | यसलाई कस्ले रोक्न सक्दोरहेछ र मेरो हिडने बेला भैसकेको थियो |भोलिपल्ट मन गरुङ्गो बनाएर आफ्नो यात्रालाई अगाडी बढाए बाटाभरि उनिकै यादले सताईनै रहेको थियो | भोलि काठमाडौँ बाट मेरो कतार एअरवज को फ्लाईट भएकाले चाडै नै दमक बाट रात्रि बसमा चडेर म आफ्नो गन्तब्य तिर अगाडी बढे | बसमा त्यस्तै एउटा गीत गुन्जीरहेको थियो:- प्रिय तिम्रो सम्झना,भबिस्यको कल्पना,मुटुमा बोकेर,परदेस जादैछु.....प्रिय तिम्रो .....सम्झना..... मलाई त्यो गीतले सारैनै दुखित बनाएको थियो | गीतको बोल र मेरो घटेको घटना एकदमै मिल्दो जुल्दो थियो | रहर त कसलाई हुन्छ र आफ्नो गाउघर बुबा-आमा साथी संगीनि लाई छोडेर परदेस जाने मेरो बाध्यता थियो कि भबिस्यमा आइपर्ने चुनौतिको सामना गर्न लाई मैले दुख गर्नै पर्दथियो |
काठमाडौँ बाट हिडेको २ दिन पस्चात म फेरी कतार आइपुगे | र आफ्नो कम्पनीमा काम गर्न थाले दिन हरु बित्दै नै गइरहेको थियो | आएको पनी १ महिना भएछ | बिहान ६ बजे देखी बेलुकी ६ बजे सम्म ५० डिग्री को घाम मा काम गर्नु पर्दाको पिडा त सायद भोग्नेलाई नै थाहा होला | कैले त गर्मी सहन नसकेर फेन्ट नै भईनथियो | आफ्नो बिदेस को पिडा जतिसुकै पीडादायक भएपनि उनीसग बेला बेला फोन गरेर बोल्न पाउदा दुखहरु सबै बिर्सन्थे | उनि लाई फोन गरिन भने दिन बित्न नै गारो हुन्थियो र बेला बेला चिठी पत्र पनी आदान प्रदान भै नै रहेका थिए | उनले मलाई श्रीमान र उनको बुबा ले ज्वाई नै भनेर सम्बोधन गर्नु हुन्थियो म पनी बुबा आमा भनेर नै सम्बोधन गर्दथे | २-४ पल्ट को चिठी लेखाई पस्चात उनको डेडी ले ज्वाई त्यहा पैसा के कस्तो कमाउनु भएको छ त्यहा राखेर पैसा बढ्दैन यहा पठाउनु भो भने राम्रै दरमा ब्याजमा लगाई दिन्छु | मलाई विश्वास गर्नु छोरि भने पनी छोरा भने पनी तपाई नै हो | मेरो छोरा र तपाई मा केही फरक छैन | हामीले यत्रो दुख गरेर कमाएको सम्पती पनी यहि छोरा छोरि को लागि हो | हामीलाई विश्वास गर्नुस संसार बिस्वासमा नै अडेको छ | तपाइले पठाएको सबै पैसा सुरक्षित गर्ने जिम्मा मलाई दिनु होला | तपाई आइन्जेल सम्ममा पैसा बढेर राम्रैसँग ब्याज आउनेछ भनेर भन्नु भो र चिठीमा पनी लेख्नु भो |
एक किसिमले वहाको कुरा पनी ठिकै नै लाग्यो र मैले बन्दना सग पनी सल्लाह गरे ब्यहबार को बारेमा |उनीले पनी पठाइदिनु न त डेडी ले पैसा राम्रै ठाउँ मा लगाई दिनु हुन्छ भनिन | लगभग १८ महिना सम्म को कमाई जम्मा पारेर र मैले गौरिगंजको राजन बन्जरा दाई र लोकनाथ अंकल को हातमा गरेर २,१३,००० (दुइ लाख तेह्र हजार) पठाए | वहा ले पैसा पाए को खबर गर्नु भो र राम्रै ठाउमा ब्याज मा लगाइदिएको छु भन्नु भो | मलाई पनी वहा हरु प्रति विश्वास बडदै गयो | यसरी नै हाम्रो खबर आदान प्रदान र ब्यबहार हुदै गयो बिच बिचमा उनीलाई टेलीफोन र खर्च पनी पठाइदिने गर्दथिए | धेरै नै दुख,कस्ट सहेर बल्ल बल्ल घर जाने दिन हरु बिस्तारि छोटिदै थिए | तर पनी उनिको यादले गर्दा मलाई दिन बिताउन धेरै नै गाह्रो भएको थियो| अब त घर जान पनी हप्ता दिन मात्र बाकी थियो | र सानो तिनो किनमेल गर्न भनेर यहाँ को सहर बिसबिल्ला गए | उनको ममी, डेडी, भाई र उनीलाई राम्रै खालको घडी किने | आहा!भोलि त मेरो २२ महिना पछिको नेपाल फर्कने दिन अनी मेरो प्राडभन्दा प्यारी प्रियसीलाई भेटने खुसीमा सोच्दा सोच्दै रात सोचेर नै बित्यो | बिहानै सबै सामान तयार गरेर एयरपोर्ट तिर लागे | केही समय पछाडी जहाज पनी आफ्नो रफ्तार बढाउदै ४ घण्टा को यात्रा पछाडी काठमाडौ बिमानस्थल पुग्यो |
म काठमाडौँ आइपुगेको कुरा उनीलाई फोन बाट नै खबर गरेर त्यहि दिन नै म रात्री बसमा चडी झापा तिर लागे | घर पुगेर कति खेर उनलाई भेट्नु भएको थियो | भोलि पल्ट नै उनलाई भेटन को लागी गौरादहमा बोलाए | नभन्दै उनको र मेरो २ सालको लामो अन्तराल समय पछाडी भेट भयो | त्यो भेटमा हामी दुवै जना अत्यधिक खुसि भएका थियौ र उनिले त्यो दिन आफ्नो घर जानको लागि ढिप्पी गरिन | उनि म र उनको साथी सिर्जना तिन जना भएर मोटरसाइकलमा गयौ | लगभग आधा घण्टा को समय पछाडी उनको माइत गौरीगंज पुगियो | बेलुका खान पान गरिसकेर केही समय गफ गाफ पस्चात सुत्ने तरखर तिर लागे | भोलिपल्ट बिहान सबेरै उठेर बिदाबारी भएर म आफ्नो घरतिर लागे | बन्दनालाई फोन गरेर तिमीसग केही गफ गर्नु छ भोलि आउन भनेर बोलाए | भोलिपल्ट मैले भनेकै ठाउमा उनि आइरहेकी रहेछिन | मैले हाम्रा भबिस्यका बारेमा केही कुरा गर्नु थियो | किनकि म कहिले पनी उनि सग झुटो कुरा गर्दिन थिए र उनिको सरसल्लाह अनुसारनै म जिबन अगाडी बडाउन चाहान्थे |
अनी मैले आफ्ना कुरा यसरी भन्न थाले:- बन्दना अब म परदेस बाट नफर्कने गरीआए | तिम्रो र मेरो बिवाहको बारेमा तिम्रो घरमा के कस्तो सल्लाह हुदैछ | तिम्रो बिवाह गर्ने कुरामा के विचार गर्दैछन ममी डेडीले | अहिले तिम्रो माइतमा तिम्रो बिवाह गर्ने हैसिएत छ कि छैन?घरमा समस्या छ भने किन माइती लाई ऋण बोकाउनु आखिर तिमी र म एक किसिमले पति पत्नी भैसकेका नै हौ | मलाई त तिम्रो घरबाट टिका मात्र लगाईदिए पुग्छ | प्रतीउत्तरमा उनीले भनिन्:- तपाइको विचार नी मैले के भन्नु र अनी हामी २ जनाको सल्लाह अनुसार २०६० साल पौस ६ गते हाम्रो सामाजिक पराम्परागत अनुसार टीकाटाला भयो |

नौलो ठाउ नौलो घर भएपनी उनि मसग खुसिका साथनै दिन बिताई रहेकी थिइन् | परम्परागत हिसाबले दुलही लैजाने फर्काउने काम पनी सिध्यो | अब त हाम्रो बिवाह भएको पनी करिब एक महिना भईसक्यो |समय को चक्र घुमिनै रहेको थियो | उनि को पेटमा हाम्रो माया को चिनो दिनदिनै हुर्कदै गईरहेकोथियो |मैले उनिलाई आफ्नो ज्यान भन्दा धेरै नै माया गर्दथिए | उनलाई गाउमा बस्दा दुख हुन्छ भनेर,सहर-बजारमा एउटा ब्यबसाय गर्ने बिचार निर्णय गरे | हेर बन्दना अब सधै घरमा बसेर मात्र भबिस्य राम्रो हुदैन | आफ्नो र छोरा छोरीको भबिस्यको लागी हामीले केही न केही योजना बनाउनै पर्छ | दुवै जनाले सल्लाह गरेर गरेको काममा सफलता पनी मिल्छ | म स-सानो काम गर्नु पर्दा पनी तिमीसग सर-सल्लाह गरेर गर्दछु| अनी हामीले ब्यापार नै गर्नुपर्ला भनेर सल्लाह गर्यौ |

एउटा सानो संसार को कल्पना मै सिमित रहयो जिन्दगी( छोरा र उनि सग को) फोटो



मैले बिदेशबाट साथमा आउदा ल्याएको पैसा उनलाई गरगहना किन्दा र घर खर्च गर्दा नै सिद्धिएकोथियो | अब बन्दना तिम्रो ममी डेडीको घरको अवस्था कस्तो छ पैसा दिन सक्छन की सक्दैनन् |एकपल्ट माइतमा कुरा राख्ने की!मैले पठाएको पैसा के कस्तो ठाउमा लगाएको छ? अब ब्यापार गर्दा त चाहिन्छ | पैसा माग्ने काम गरन भने, उनीले भनिन:-तपाइले पठाएको पैसा हो,एक पल्ट तपाइ आफै सोध्नु न भनिन | ल ठिक छ नी त म आफै बुझौला भने केही दिन पछाडी हामी दुवै जना ससुराली गयौ | सासु ससुरा सग ब्यबहार को कुरापनी भयो |वहाहरुले अहीले पैसा हामी सग छैन भएको पैसा मैले सबै चामल को ब्यापारमा र ब्याजमा लगाएको छु र तपाईले पठाएको २,१३,०००(दुइ लाख तेह्र हजार) मध्ये ६० हजारमा १ बिघा ५ कट्ठा माटो मदेसे सग धितो पास गरेको छु | पछी त्यो जग्गा तपाईको नाम मा पास गरिदिन्छु | तपाईको आज सम्म मैले चलाएको पैसाको ब्याज र तेह् हजार चाई हिसाब नगर्नु होला | बाकी पैसा २ लाख चाही तपाई काम सुरु गर्नुस न म दिई हाल्छु नी भन्नु भो | अनी मलाई जग्गा देखाउन लैजानु भयो जग्गा जम्मा २ टुक्राको रहेछ, एउटा १३ कट्ठा र अर्को १२ कट्ठाको | त्यहा जग्गाको बिक्रीभाउ त्यस्तै १ लाख बिघाको रहेछ |जग्गा खासै मन त परेन रै पनी चित्त बुजाए |अनी वहाले ज्वाई साहेब गल्दुवा(Galdubba) मा एउटा राम्रो जुत्ताको दोकान खोल्नुस भन्नु भो र वहा को सरसल्लाह मा नै गल्दुवा आएर दोकान गर्नको लागी २ महीना सम्म कोठा भाडामा लिएर बस्यौ तर वहाले पैसा दिन सक्नु भएन |मसग भएको पैसा पनी घर खर्चमा नै सकिन लाग्यो | पैसा जति सबै वहा सगनै भएकाले मैले ब्यापार गर्नको लागी अरु उपाए केहीपनि थिएन | ल बन्दना अब यसरी तिम्रो डेडी को भरमा परेर बस्यो भने हामीसग भएको अलिकति पैसा पनी खर्च भएर नै सकिन्छ | हाम्रो पाउनुपर्ने पैसा पनी तिम्रो डेडी ले दिनसक्नु भएन,अब के गर्ने भनेर बन्दना को र मेरो सल्लाह भयो | दुवै जना सल्लाह गरेर दमक मा गयौ | त्यहा पनी पसल गर्न को लागी कोठा त पाइयो तर रेडी भएको थिएन र दमक को २ महिनाको बसाई पछी एउटा चिनेको साथी को सहयोग मा काठमाडौँ गएर ब्यापार गर्ने भइयो र काठमाडौँमा साथी सग मिलेर एउटा ससेस फ्याक्ट्री खोल्यौससुराले बल्ल बल्ल २५ हजार पठाइदिनु भो र त्यो पैसा लगानी गरेर कारोबार सुरु त गरियो तर का टिक्न सकिदो रहेछ र जाबो सानो तिनो लगानीले | अनी झन बोज माथि बोज बड्न थाल्यो टेन्सन मात्र नै हुने यता ससुरा सग पैसा माग्दा आफ्नै समस्या देखाउनु हुन्थियो | केही उपाए लागिरहेको थिएन | एकदिन अचानक घुम्दै जादा म सगै बिदेसमा बसेको साथी सग भेट भयो र वहा पनी ब्यापार गर्न भनेर काठमाडौँ आउनु भएको रहेछ, र वहा र मेरो सल्लाह अनुसार एउटा माइक्रोबस आधा आधा लगानीमा निकालेर चलाउने कुरा गर्यौ र मेरो योजना सबै मैले ससुरा लाई फोन मार्फत जानकारी गराए | वहाले पनी तपाईको पैसा सबै दिन्छु लगानी गर्नु नी त भन्नु भो | अनी हामी सगै मिलेर गाडी बैंक बाट फैनान्स मा निकाल्ने योजना गरेर कागजात मिलाउन तर्फ लाग्यौ र रु.५० हजार एडभान्स पनी दियौ |फाइनान्सले लगभग अब को २ महिनामा गाडी शोरुम मा आइपुग्छ, तपाइहरुले पैसा रेडी गरी राख्नुस भन्यो | अनी साथी र म ढुक्क भएर आ-आफ्नो कोठा तिर लाग्यौ | यता बन्दना को कोखमा पनी हाम्रो मायाको चिनो ले बेला बेला सताइनै रहन्थियो | कति दिन त उनीले खाना खान पनी भएन,खाई हाल्यो की खाली बान्ता मात्र हुन्थियो | उनलाई यस्तो अबस्थामा धेरै नै पिडा हुन्थियो | मैले हर बखत उनको साथ मा बस्नु पर्दथियो | मैले जतिसुकै दुख भोगेपनि उनलाई कैले पनी दुख को आभास हुन दिन्नथिए | दिनहरु दुख सुखले बित्दै नै थिए |

केही दिन पछाडी बन्दना अचानक बिरामी भइन र हतार हतार गरेर हस्पिटल लगे
| डाक्टरले जनडीश भएको कुरा गर्नु भो र दबाई दिनु भो तर दबाई खादा पनी केही ठिक भएन झन झन बिमार ले चाप्दै गयो र धेरै नै कोसिस गरे उपचारको लागी | कहिले बुडी बजु कहीले धामी अनी कहीले २ घण्टा सम्मको बाटो उखुको रस किन्न जादा पनी मलाई कैले पनी थाकेको र निरास भएको महसुस भएको थिएन | सायद माया मा मान्छे कहीले गल्दैनन भने को त्यहिनै होला जस्तो लाग्दथियो | लगभग १५ -२० दिन सम्म दौड धुप गर्दा पनी उनलाई सन्चो भएन र केहि उपाय नलागेपछि फेरी झापा जाने निधो गरेर उनलाई काठमाडौँ बाट बिराटनगर सम्म प्लेन को टिकट काटेर पठाए भने म बसबाट नै झापा गए, सगै जाने चाहना म मा भएपनी आर्थिक अवस्थाले म एकदम कमजोर भैसकेको थिए | केही समय घरमा राखेर औसधी गर्दा बल्ल उनलाई जाती भयो |

अब त उनको गर्भमा रहेको हाम्रो मायाको चिनोले पनी यो धर्तिमा पाइला टेक्ने बेला हुन नै लागेको थियो
| न भन्दै एक महीना पछाडी म एक छोराको बाउ भए सायद त्यो दिन म यती खुसि भएको थिए जुन म यहाँ कसरी बर्णन गरौ | दिनहरु बितिनै रहेका थिए | अब त छोरा पनी ३-४ महीनाको भैसकेको थियो | हाम्रो पहिलो सन्तान छोरा भएकोमा धेरै नै खुसी थियौ| एकदिन बन्दनाले भनिन्:- अब त छोरा पनी बिस्तारै हुर्कदै जान्छ | मलाई पनी अब त धेरै नै ठिक भईसक्यो | दमक तिर बसेर एउटा स सानो ब्यापार गरेर बसौन | म डेडी सग हामीले दिएको पैसा माग्छु अनी सुरु गरौ न ल भनिन् | मैले उनको कुरालाई अहिले सम्म काटेको थिइन हुन्छ नी त भनेर फेरी दमक नै केही समय पछाडी आयौ र डेडीले दिएको ४० हजारमा अरु २० हजार थपेर दमकमा ६० हजारमा एउटा होटेल गर्ने योजना बनाएर कोठा बुक गर्यौ तर पैसा हामी सग अरु नभएकाले गर्दा कसरी होटेल थाल्ने होला भनेर म चिन्तित हुन्थे |

अब सम्पती को नाम मा श्रीमतीलाई किनिदिएको गरगहना मात्र बाकी थियो तर मलाई बल्ल बल्ल दुख गरेर जोडेको सुन बेच्न मन थिएन | ससुराली ले पैसा समयमा दिएको भए आज यस्तो दिन आउने थिएन नी भन्दै मन मनमा सोचे तर हामीसग सोच्ने देखी विकल्प अरु उपाय पनी थिएन उनले भनिन अब तपाई र म सग भएको सबै गर-गहना बेचौ र अनी होटेल थालौ भनिन् | ४ तोला सुन ४४ हजार मा बेचेर हामीले होटेल सुरु गर्यौ |

लगभग होटल गर्न थालेको पनि ४-५ महीना भैसकेको थियो ससुराल आउने जाने क्रम भइनैरहेको थियो |ससुरालीघर जादा एकदिन अचानक मेरो पुरानो साथी सग भेट भयो र मलाई अचम्म मान्दै सोध्नु भो हैन मित्र तपाई यहा कसको घर मा आउनु भाको र की, के कति कामको सिलसिलामा हो |सायद वहा लाई मेरो ससुराली घर यही ठाउमा हो भन्ने थाहा थिएन होला जस्तो लाग्यो | मित्र मेरो ससुराली घर यही हो नी त भने पछी झन उत्सुकताका साथ वहाले सोध्नु भो ह, साचै हो? हो यार फलना कृष्ण पाठक मेरो ससुरा हो नी त! वहा अलिक मलीन हुनुभयो अनि पर सम्म गफ गर्दै गयौ र वहाले भन्दै जानु भो हेर्नुस मैले थाहा पाएको भए तपाइको बिवहा म यो घरमा गर्न दिन्न थिए | बिवाह त गरि सक्नु भएछ अब अरु कुरा किन कोट्याउनु,तर तपाई को ससुरो एक दम को सोसक र सामन्ती छ, अरु जे जस्तो भएपनी पैसाको कारोबार चाही भुलेर पनी नगर्नुहोला | हुन त तपाई ज्वाई ससुरा को सम्बन्धमा मैले बार हाल्न खोजेको त हैन तर साथी भएको नाताले होसियार हुनु भनेको मात्र हो | यो मान्छे पैसाको लागी आफ्नो नाता गोता छर छिमेक कोहि पनी भन्दैन | आफ्नै जेठान लाई धुरु धुरु रुवाएको छ |



बन्दनाको ममी मुना पाठक
फेरी त्यस्तै २ महीना पछाडी एउटाले सस्तो मा घडेरी बिक्री छ भने पछी हामी दुवै लोग्ने स्वास्नी घडेरी हेर्न भनेर गयौ दुबैजनालाई मन पर्यो र दाम ६० हजार मा बेच्ने रहेछ अनी बन्दना लाई मैले हेर बन्दना हामीले अझै तिम्रो डेडी सग सबै पैसा कटाएर ७० हजार पाउनु छ यो माटो मौका मा पाको छ लिनु पर्छ पछी भनेको घडेरी किन्न सकिदैन होला भने | तर उनीलाई त्यो पैसा नमागिदिए हुन्थियो जस्तो भाको रहेछ | हुनत पहिला पहिला पनी उनले एक दिन पनी पैसा माग्ने कुरा मा चासो देखाको थिइनन् | घडेरी लिनु पर्यो भनेर पैसा पनी मागे तर पैसा मसग अहिले छैन मसग भएको पैसा कतै हराउदैन मात्र भन्नु हुन्थियो |
अब तलको १ बिघा ५ कठा जग्गा पास गरि दिनु भन्दा त्यो तपाई कै पैसा परेको हो म समय मिलाएर पास गरीदिन्छु भन्ने गर्नु हुन्थियो | त्यस्तै एक दिनको कुरा हो के योजना बनाएर आउनु भो कुन्नि | म होटल मा बसीरहेको थिए,अचानक होटलमा आएर ल तपाई को जग्गाको धनी पुर्जा यो हो तर आज गा.बि. स.सचिब नभएर पास नहुने भयो भन्नु भो | तर जग्गा पास गर्नको लागी सचिब चाहिन्छ की चाहिदैन अझै सम्म पनी मलाई थाहा छैन| मैले पनी होला नै भनेर चुप नै लागे | हामी सग भएको ब्यबहारले गर्दा पछी आफन्तमा नराम्रो हुन्छ हिसाब clear गरौ भनेर म बारम्बार भनीनै रहन्थे |
तर वहाले जग्गा तपाईको नाम मा हुनु र मेरो नाम मा हुनुमा केही फरक छैन भनेर मात्र टार्नु हुन्थियो | आज भोलि भन्दा भन्दै लगभग १ वर्ष सम्म होटल गरेपछि अन्त्यमा बिदेस नै जाने निर्णय गरे | तर पासपोर्ट बनाउने पैसा सम्म मसग थिएन | आमाको सहयोगले एक आफन्त सग पैसा सापटी मागी पासपोर्ट बनाए | एकजना आफन्तले म भिजिट भिस्सामा दुबईमा तपाईलाई काम लगाई दिन्छु भनेर ३० हजार माग्यो र मैले ससुराली मार्फत पैसा बुझाएपनी | तर २-३ महीना भइ सक्दा पनी भिस्सा न आएको ले गर्दा त्यतिकै बसिराखेको थिए |
त्यो मान्छे अचानक नेपाल आएको रहेछ अनी मैले सिधै भेटेर नै कुरा गर्नु पर्यो भनेर भेटन गए | र उसले तपाईको भिस्सा मैले मिलाई सकेको छु पैसा रेडी गरेर काठमाडौँ उड्नको लागी आउनुस भन्यो र रु.६०,००० बुबाले ऋण खोजेर दिनुभो | म श्रीमती र छोरा मनकामनाको दर्शन गरेर काठमाडौँ गयौ तर २०-२५ दिन बस्दा पनी भिस्सा आएन |
काठमाडौँ मा बसेर २-४ वटा मेनपावर कम्पनी मा इन्टरभिउ दिए | एउटा राम्रै कम्पनीको भिस्सा आएको रहेछ र म त्यसमा छनौट पनी भए | अनि तिनैजना झापा आयौ छनौट भएको ३ महीना पछाडी भिस्सा आयो भोलि काठमाडौँ बाट तपाइको बेलुका को उडान छ भनेर मेनपावरले फोन गर्यो |

प्रत्येक नेपालीको सपना भनेको एउटा छोरा माथि बाबु-आमाको आशा र भरोसा कसको पो हुन्न र! हर श्रीमतीले आफ्नो श्रीमान माथी आशा भरोसा को ठुलो सपना देखेका हुन्छन् | त्यहि सपना लाई साकार पार्न फेरी म बिदेस जाने तरखर तिर लागे | मलाई बिदेस जाने पट्टकै रहर थिएन | १८ महिनाको मेरो छोरा अनी जीवनभर साथदिने श्रीमतीलाई छोडेर ! हिड्ने बेलामा आमा बुबाले दिएको आशिर्बाद थापे | मेरी प्राड भन्दा प्यारी बन्दना अनी छोरा आदर्श लाई अंकमाल गरे | म हिड्न लागेको देखेर उनको आखाका परेली सबै आसुले भिजेका थिए | मलाई साहै नराम्रो लाग्यो हिड्ने बेलामा उनले हात मात्र हल्लाई रहिन तर बोल्न भने सकिनन | म उनलाई हेर्दै आखाबाट आशु झार्दै उनीबाट अलि अलि गर्दै आफ्नो यात्रा अघि बढाए |
घरबाट हिडेको ३ दिन पछाडी म आफ्नो लक्ष्य पुरा गर्नको लागी साउदीअरब आइपुगे | अनी आउने बितिकै आरामले आइपुगेको जानकारी गराए | कम्पनीको नियम अनुसार आफ्नो डिउटी सुरुगर्न थाले समय बितिनै रहेको थियो | आजभोली भन्दै बिदेस आएको पनी लगभग ६ महीना भइसकेको थियो दिन भरि जतिसुकै काम गरेर थाके पनी उनि सगको गफ र ठट्टाले मैले गरेको सबै दुख हरु बिर्सन्थे | यता मेरो कमाई पनी राम्रै नै थियो अनी म बेला बेला हेर बन्दना अब हाम्रा दुखका दिनहरु सबै गए | अब म धेरै पैसा कमाएर तिमी र छोरालाई सुखका साथ राख्ने छु |

हाम्रो फोन सधै नै भैरहेको थियो
| एकदिन मात्र गफ गर्न पाइन भने धेरै नै पिडा भएको महसुस गर्दथे | एक दिन उनीले आफै भनिन् बाबा मलाई यहाँ घरमा बस्दा तपाइको मात्र झझल्को आइरहन्छ र कोठा पनी सुनसान हुन्छ | म माइत मा गएर बस्छु ल भनिन् | ठिक छ नि त ! म घरमा नहुदा तिमीलाई बस्न गाह्रो हुन्छ भने कहिले माइत र कहिले घरमा बसन त भने | किनकी म उनीलाई कहीले पनी निरास र अप्ठेरो महसुस नहोस भन्ने ठान्दथे | उनलाई घरमा बस्दा दुख र एक्लोपन हुन्छ भनेर माइतमा नै गएर बसन त भनेको थिए | उनि पनी माइत नै बस्न रुचाउथिन समय बितिनै रहेको थियो |

एक दिन बन्दनाले र सासुले भएर फोन गरे | हेर्नुस न ज्वाई बिनोद पनी पडन को लागी काठमाडौँ जान्छु भन्छ| यहाँ हाम्रो आयश्रोत भनेको केहीपनी छैन त्यो त तपाईलाई थाहा नै छ | हामीलाई ब्यहबार गर्न धेरै नै गाह्रो भयो यदि सक्नु हुन्छ भने डेडीलाई पनी तपाई को कम्पनीमा भिस्सा झिकेर पठाइदिनु न | मलाई कता कता सासुका कुरा सुनेर नरमाइलो लाग्यो | आखिर आफन्त भनेको दुख पर्दा त होनी | किन यो बुढेसकालमा बिदेस आउने कुरा गर्नु भएको ससुराले |अब त छोरा-छोरि को कमाई खाने बेला पो त ! होनी ज्वाई ! तर यहाँ घर ब्यहबार चलाउन नै गाह्रो भईसक्यो | बिनोदलाई पडाउदा खर्च धेरै लाग्ने भो | यहाँ हाम्रो कमाईले बिनोदलाई पडाउन सम्भब नहुने भो | 

ठिक छ नी त भाईले कुन बिसय लिएर पड़ने विचार छ रे
? खै C.A पडने भन्छ | त्यसो भए मेरो पनी कमाई यहाँ राम्रै नै छ, के कती खर्च लाग्छ म यहाँबाट लागेको खर्च पठाइदिन्छु नी त ! हुन पनी हो वहाहरुको आफ्नो घर ब्यबहार चलाउन धेरैनै गाह्रो थियो | सम्पती को नाममा एउटा घर मात्र अनी आम्दानीको श्रोत केही थिएन | यहाँ सम्मकी धान समेत मैले लगानी गरेको जग्गाको उब्जनी बाट खानु पर्दथियो भने ट्वाइलेट र पानी खाने कल समेत अर्काको बारीमा थियो | अनी आफन्त र छिमेकी जती सबै जना सत्रु थिए कही कतैबाट सहयोग को आशा गर्ने ठाउ थिएन | यस्तो अवस्थामा मैले वहाहरुलाई सहयोग गर्नु मेरो कर्तब्य पनी थियो |
बिनोद पनी काठमाडौँ ठुलो ममी को घर मा बसेर C.A (चार्टड एकाउन्टेन्ट)पडन सुरु गर्यो |मैले बेला बेलामा लाग्ने खर्च यहाँ बाट पठाईदिन्थे | बिनोदको इमान्दार देखेर मलाई उसको साह्रै नै विश्वास र माया लागेर आउथ्यो | देख्दा सोझो र खासै धेरै नबोल्ने भद्र भलादमी नै देखिन्थ्यो | आवस्यक भन्दा अरु बाहीरका कुरा कहिल्यै गर्दैन थियो,बेला बेलामा म उसलाई फोन गरिनै रहन्थे | उसले पनी भिनाजु भनेर राम्रै कुरा गर्दथे उता ससुराली र श्रीमती सग त दिनमा एक पल्ट फोन गर्नु नै पर्थो 

एक दिनको कुराहो अचानक नेपाल बाट फोन आयो यसो हेरेको ससुरालीबाट फोन आएको रहेछ | सासुससुरा बोल्नु भयो:-हेर्नुस न ज्वाई भाई लाई काठमाडौँ दिदीको मा राखेको त तपाईलाई थाहानै छ | २-४ दिन देखी विनोदले राम्ररी खान पनी पाएको छैन रे, उसको ठुलो ममीले भात खान पनी नबोलाउने रे वास्तै नगर्ने रे उसको पडाई त्यहा बस्दा बिग्रने भयो | अब अर्को ठाउमा बस्दा पनी खर्च झन बढेर जान्छ | हामी के गर्नु पो भयौ त्यसैले तपाई सग सरसल्लाह लिन खोजेको | यहाँ फेरी नेपाल बन्द छ | बिनोदलाई पैसा पठाउन पनी नमील्ने भयो त्यहाँ बाट खर्च पठाइदिनुन | मैले हुन्छ नी त्यस्तो समस्या भयो भने म आज नै खर्च पठाइदिन्छु भने | सधै आफन्तको मा बस्दा एक दिन न एक दिन नराम्रो भैहाल्छ नी बरु पहिला नै साथी-भाई सग मिलेर डेरा लिएको भए हुन्थियो नी ! भने |
भोलिपल्ट लगत्तै बैंक मा गएर चाहिएको जति खर्च पठाई दिए |



पढेलेखेको बुद्दिजिबी भाइ बिनोद पाठक
बिदेशमा जतिसुकै दुख पिडा भएपनी छोराको तोते बोली सुन्दा र श्रीमती सग माया पिरती हासी मज्जाका कुरा गरेर बोल्न पाउदा दिनभरी काम गरेर थाके पनी सबै दुख हरु बिर्सिन्थियो | अब त छोराले पनी बाबा को आवाज राम्ररी नै चिन्ने गर्थे | छोराको बाबा,बाबा तोते बोलीको आवाज सुनेर मेरो मुटु नै चसक्क हुन्थियो | के गर्ने र गरिब हुनु भन्दा दुखको कुरा अरु केही रहेन रहेछ | आफु जतीसुकै दुख गरेर मायामा तड्पिए पनि आफ्ना छोरा छोरीलाई कहिल्यै दुख नहोस जस्तो लाग्थियो | बिदेस आएको ६ महीना जस्तो भएको थियो तर घरपरिवारको माया ममता ले गर्दा होला ६ महीना पनी ६ वर्ष जस्तो हुन्थियो |
यता बिनोदलाई पडाई के कस्तो चल्दैछ भनेर बेला-बेलामा फोन गरी रहन्थे | एकदिन बिनोदले चिठी लेखेको रहेछ:-भिनाजु C.A (चार्टड एकाउन्टेन्ट) को लागी कम्प्युटरको अति आबस्यक पर्दोरहेछ | मैले २५ हजारमा कुरा पनी गरेर आएको छु पैसा पठाईदिनुन भनेर | मैले पनी यसो सोचे आखिर सालो हो भोली राम्ररी पड्दै गयो भने भबिस्य राम्रै होला आखीर उसले सहयोग माग्ने ठाउ पनी अरु कही थिएन | अनी केही दिन पस्चात कम्प्युटर किन्नको लागी भनेर पैसा पठाइदिए | मेरो साथी नेपाल आउदैछ अरु केही सामान पठाइदिनु पर्छ भनेर बिनोदलाई फोन गरेर सोधे | अरु त त्यस्तो केही छैन भिनाजु पैसा छ भने एउटा राम्रो खालको मोबाइल सेट पठाइदिनु न भन्यो| अनी साथीको हातमा खर्च र    
Nokia N70 पठाइदिए |

दिनहरु बितिनै रहेका थिए | अलि अलि गर्दै पैसा जम्मा गरेर ससुराली लाई रु.३ लाख पठाइदिए | राम्रो ब्याजमा लगाउनु भनेर | केही पैसा चामलको ब्यापारमा र केही पैसा एक वर्ष सम्म को लागी संग्रौला ठूलोबुबा लाई ब्याजमा लगाएको छ भनेर भन्ने गर्थे |
अब त मेरो घर फर्कन पनी लगभग २ महिना बाकी थियो | एकदिन फोन गर्दै बन्दनाले भनिन् भएको पैसाले घडेरी किन्नु पर्छहोला | ठिक छ नी त राम्रो खालको ठाउमा पाइयो भने किन्नु नी त भने | अनी २-४ दिन बुझेर दमकमा २ लाख पचासी हजारमा एक कठा माटो भेटेको छ | दलाल र पास खर्च गरेर ३ लाखमा काम बन्ने भयो भनिन् | अनी त्यो १ वर्ष सम्म ब्याजमा लगाएको पैसा चाही नी खै त ? ब्याज त राम्रै नै आउनु पर्ने हो,भनेर सोधिरहेको थिए तर उनीले प्रती उतर मा केही जबाफ दिनन् | यसो सोचे ससुरालको घर ब्यबहार टार्न नाजुक छ घर खर्च मा चलाए होलान भनेर चित बुझाए|
२ वर्ष को बिदेसी बसाइ पछी भोलि छुटीमा घर फर्कने दिन थियो, छोरा कत्रो भयो होला अनी बन्दना कस्ती भइन् होली सोची रहेको थिए | उनीलाई काठमाडौँ नै आउनु भनेर फोन गरेर बोलाए | मेरो लगभग ५ घण्टा को प्लेन यात्रा पछी काठमाडौँ पुगे | मलाई लिन भनेर बिनोद, छोरा र उनि एयरपोर्टमा नै आइपुगेका थिए | छोरा र श्रीमती सग को भेट ले म यती खुसि भएको थिए की जसको सिमा नै थिएन | बेलुका तिर सबै जना कोठा पुग्यौ | कोठा घट्टेकुलो मा रहेछ | रूम को दृश्य हेर्दा दयालाग्दो नै थियो | विद्यार्थीहरू को जिबन त्यस्तै हो भनेर चित बुजाए | कोठा पनी सानो भएकाले गर्दा गेस्टहाउसमा नै बस्यौ | लगभग ९ दिन जति काठमाडौँ को बसाई पछी झापा गइयो| घर गएको केही दिन पछाडी ससुराली गए | सबै जना सग भेटघाट गरेर हामी दुबै जना दमक मा किनेको माटो हेर्न भनेर गयौ | माटो खासै उत्तम त लागेन | त्यतीनै बेला एकजना छिमेकी सग भेट भयो र वहा सग गफ गाफ मै हैन कहाँ बाट आउनु भएको हो तपाईहरु ? माटो किन्न आट्नु भएको की | के काम ले यहाँ आउनु भएको ? हैन विचार त त्यस्तै नै हो भनेर नजानिँदो तरिका ले मैले जबाफ दिए | हेर्नुस तपाईहरुले हेर्दै गरेको यो माटो चाही तल गौरिगंज बस्ने कृष्ण प्र. पाठक ले किनेको हो,अस्ति भर्खर छोरीलाई भनेर | छोरि लाई पेवा किनिदिएको रे | ए होर! भन्दै जवाफ दिए |
अनी मन मा कता कता नरमाइलो लाग्यो | यत्रो दुख गरेर म पैसा पठाउने अनी छोरीलाई दाइजो दिएको भनेर गाउमा हल्ला गर्ने कस्तो सोभाब को मान्छे रहेछ मन मनमै भने | अनी म नै हो वहा को ज्वाई तर कुरा त्यसो हैन | मैले पैसा पठाइदिएको थिए बिदेस बाट अनी वहा ले किनिदिएको चाही हो | अनी पाठकजी ले किन त्यस्तो कुरा गर्नु भएको त सिधै ज्वाईको पैसाले किनेको भन्दा भैहाल्दथियो त!

मैले बिदेस बाट आउदा पैसा पनी राम्रै नै लिएर आएको थिए र बुडा बुडी को सर-सल्लाह गरेर घर बनाउने विचार गर्यौ आमा बुबाको मन न हो भोलि बुहारीको नाममा घर भिटा हुदा घरमा गएर बस्न अप्ठ्यरो हुन्छ होला भन्ने सोचेर बन्दना सग सल्लाह गरेर त्यो घडेरी आफ्नो नाम मा बनाएर घर बनाउने विचार गरे | उनि पनी सल्लाह मा आइन | अनी दुबैजना को सल्लाह ले माटो मेरो नाम मा पास गरिदिन | एक दिन म आफन्त को मा भेट घाट कै क्रम मा गएको थिए| फुपुको छोरा अस्ट्रेलिया बाट आउनु भएको रहेछ | हामी नाताले दाजु भाई भएपनी सानै देखी साथि भाई जस्तै साह्रै नै मिल्ने गर्थौ | वहाले काठमाडौँ स्थित कमलपोखरीमा अस्ट्रेलिया student visa मा लैजानको लागी कन्सल्टेन्सी खोल्नु भएको रहेछ | मैले पनी आफ्नो सालोभाई बिनोद लाई पठाउने विचार राखेर कुरा राखे | वहाले हुन्छ नी त एकपल्ट मेरो अफिसमा लिएर आउनु नी भन्नु भो | अनी ससुरालीमा सालो पठाउने बारेमा सबै कुरा गरे | वहाहरु मेरो कुरा सुनेर असाध्यै खुसि हुनु भो |

हेर्नुस ज्वाई तपाई ले आज आएर सालो लाई सहयोग गर्नु भो भने पछी तपाई लाई पनी उसले तपाइले लगाएको गुण बिर्सदैन
| बिनोद को पडाई राम्रो छ | सायद पास पनी गर्छ होला | तपाई पनी अलिक बिरामी नै हुनु हुन्छ | उ अस्ट्रेलिया गयो भने तपाई नेपाल फर्केर आउदा भैहाल्छ नी १५-२० लाख को के खाचो हुन्छ र उसले कमाउन थाले पछी | तपाई बाहेक सहयोग गर्ने हामीलाई कोहि पनी छैनन् | पछी सालोले राम्रै कमायो भने मैले भनेको छोराले मान्छ | हामीले दिने भने को पनी अरु कसलाई पो छ र झन तपाईले नै सबै सहयोग गर्नु भएको हो | सक्नु हुन्छ भने लगानी गरि दिनुस | आज देखी मेरो एउटा हैन २ जना छोरा भएका छन् | तपाई पनी हाम्रो परिवार को छोरा समान हुनुहुन्छ |
बन्दना र म ससुरालीबाट घर गयौ अनी लोग्ने स्वास्नी सल्लाह गरेर यसपाली घर नबनाउने बरु भाइलाई नै पहिला बिदेस पठाउने निर्णय गर्यौ |
मेरो बिदेस फर्कने बेला भएकाले गर्दा आमा,बन्दना र छोरा मलाई दमक सम्म बसमा छोड्न आएका थिए | छोरा लाई भुलाउन को लागी लिच्ची किनिदिए | म हिड्न लागेको देखेर उनको परेली सबै आसुले भरिएको थियो | नचाहदा नचाहदै मैले उनबाट बिदाको हात हल्लाउदै आफ्नो यात्रा अगाडी बढाए | भोलिपल्ट बिहानै काठमाडौँ आइपुगे | मैले सबै कुरा बिनोद लाई भने अनी उनीले पनी ठिक छ नी त भिनाजु नेपाल मा जति सुकै पढेर पनी जागिर पाउन गाह्रो छ | मेरो पनी विचार त बिदेसजाने नै हो तपाइले लगानी गरेर सहयोग गर्नुहुन्छ भने म पडन को लागी तयार छु | अनी भोलि बिहान १० बजे तिर हामी दुबै जना दाइको अफिस मा गयौ | दाई लाई सालो सग चिनजान गराए | दाइले अस्ट्रेलिया छिर्न सक्दा भबिस्य राम्रो हुने आस्वासन दिनु भो र पडन सुरु गर्नु भन्नु भो | धेरैबेर कुराकानी पछी हामी त्यहाँ बाट बिदाबारी भयौ | बाटोमा साला भेना गफगर्दै कोठा तिर फर्केर आयौ |
भिनाजु यदि मेरो बिदेस जाने काम सफल भयो भने त तपाई फर्कदा भैहाल्छ नी अलिक बिरामी पनी हुनु हुन्छ,कति खाडी मुलुक बस्ने र मैले कमाउन थाले पछी चाही फर्कनु है | मलाई लाग्थियो उनको बोलाइमा बास्तबिकता छ भनेर | अनी विश्वास पनी लाग्दथियो | काठमाडौँ ठुलो ममी को घरमा बसेर पड्दा ठुलो ममी बाटभएको हेलाले घर छोडेर डेरा बस्नु परेको पिडा अनी मैले सुनेको थिए एकदिन बासि खाना खादा कोठामा बिरामी परेको थियो रे | मलाई त्यो कुरा सुनेर नरमाइलो लागेको थियो | मैलें मन मनै जसरि हुन्छ बिनोद लाई राम्रो देशमा पठाउने संकल्प गरेको थिए |
भोलि बिहानै को फ्लाईट भएकाले गर्दा बेलुकै सबै सामान तयार पारे | बिहानै साला भेना एयरपोर्ट तिर लाग्यौ | आफु सग बचेको सबै पैसा बिनोद लाई दिए अनी हामी त्यहाँ बाट बिदा बारी भयौ | लगभग ५ घण्टा को यात्रा पछी म आफ्नो कर्मथलो साउदीअरब आइपुगे | अनी आफु सग नभएपनि साथिहरु सग मागेर IELTS  TOFAL पडन को लागी २५ हजार पठाइदिए | केही महीना पछाडी रिजल्ट पनी राम्रै भयो भन्ने खबर पाए | मेरो एउटा सालो थियो उसलाई कुनै राम्रो ठाउमा पठाउन पाउदा खुसि नै लाग्थियो |
उता बिनोद को पनी आफ्नो बिदेस जाने प्रोसेस भइरहेको थियो | अनी म बारम्बार फोन गरेर प्रोसेस कहाँ पुग्यो भनेर सोधी रहन्थे | मैले यता पैसा को सारा बन्दोबस्त मिलाउनु थियो | अनी आवस्यक लाग्ने खर्च पठाइनै रहन्थे | लगभग ५-६ महीना को प्रयास पछाडी अस्ट्रेलियाको भिसा प्राप्त भएको खबर पाए | यो खबर ले हामी सबै जना नै खुसि भएका थियौ | आफु सग भएको पैसा र बाकी नपुगेको पैसा साथी हरु सग ऋड काडेर जादा लाग्ने सम्पूर्ण खर्च मैले यहाँ बाट पठाई दिए | अनी भाई त बिवाह गरेर २ जना सगै जाने रे भनेर मलाई खबर गरिन बन्दनाले | ए हो र को केटी अनी कहाँ घर रहेछ केटी को भनेर मैले सोधे | त्यही दिपा गर्तौला गौरीगंज देखी पूर्व पट्टी ठेकीटोला को | सगै पड्थे नी ए होर मैलें चिने | राम्रै हो त सगै गए भने काम गर्न पनी सजिलो हुन्छ, दुख बिराम पर्दापनि अर्काको ठाउमा गाह्रो हुदैन नी भनेर उतर दिए |
यता मलाई सालो पठाउदा को साथीहरु सग लिएको ऋण तिर्न धेरै नै गाह्रो भइरहेको थियो | उता सालो गएको ३-४ महीना भैसक्दा पनी काम नपाएको खबर ले झन टेन्सन भएको थियो | बारम्बार फोन गरेर सहानुभूति दिनुदेखी बाहेक अरु उपाए मेरो केही थिएन | मैले यहाँ बाट फोन गर्दा दुखले बिहान बेलुकाको छाक टार्न पनी गाह्रो हुन्छ भिनाजु भन्थे | मेरै कम्पनी साथि हरु को दाई भाई पनी अस्ट्रेलियामा भएकाले गर्दा कतै काम पो मिलाउन सकिन्छ की भनेर यहाँ बाट फोन गरेर धेरै नै कोसिस गरे |
विदेश फर्कने बेलामा ४ महिनाको छोरा आदित्यको फोटो
मेरो घर जाने दिन नजिक आएकोले गर्दा छुटिमा जान राखेको ५० हजार पैसा फेरी खर्च पठाइदिए |अनी म हप्ता दिन पछाडी बाटो खर्च मात्र बोकेर घर जाने भए | साथी भाई सग मागु भने उनि हरु कै उल्टै ऋण चलाएको थिए | हातमा रु.३० हजार बोकेर म घर तिर लागे | जब घरमा पुगे छोरा र श्रीमती लाई समेत आफुसगा पैसा नभएर कुनै सामान किन्न नसकेको कुरा बताए | २ जना छोरा भएकोमा म एकदम नै खुसि थिए छोराहरु लाई जति सुकै हेरेपनि मन नअगाउदो रहेछ | ३ महिनामा हिड्दै गरेको सानो छोरा आदित्य लाई देख्दा हर्ष का आसुले बिभोल भएको थिए | भगबान ले मलाई २ छोरा दिएको मा म आफुलाई धेरै नै भाग्यमानी सम्झन्थे |
                                 

ससुरा ज्वाई सल्लाह गरेर फेरी २ लाख पठाइयो बिनोदको लागी खर्च भनेर | काखमा ३ महिनाको छोरो लाई छोडेर फेरी साउदीअरब फर्कने तयारीमा लागे | छोरा मलाई देखेर हासिरहेको थियो भने बन्दना ढोकाको छेउमा गएर बिछोडको पीडाले रुदैथिन | म बिदाइको हात हल्लाउँदै मनलाईमुस्किलले समालेर आफ्नो पाइला अगाडी बढाए |

म उनीलाई धेरै नै माया गर्दथे साउदी अरब आइपुगे पछी फोन बारम्बार भइनै रहेको थियो फलनाका छोरि बुहारी हेर बिग्रेकी लोग्ने खाडी मुलुक मियाका देशमा गएर कति दुख गर्छ यहा स्वास्नी भने दुनिया नागा घुमाएर हिडेकी कस्तो बुद्धि आउछ हौ यी आइमाई हरुलाई | यस्तै यस्तै घटना बारम्बार सुनिरहन्थे गाउमा भएका र देखेका घटना देखी मेरो आंग सिरिङ्ग हुनथ्यो | त्यसैले होला बेलाबेलामा म मेरी बन्दनालाई सम्झाई रहन्थे उनीपनी मलाई मेरो विश्वास लाग्दैन र भनेर जवाफ दिन्थिन | छोरा मान्छे को मन न हो आफु बिदेसमा हुदा एक्लै श्रीमतीलाई घरमा छोड्दा टेन्सन हुन्छ नै | समय बितिनै रहेको थियो भने हाम्रो सम्बन्ध पनी एकदमै राम्रो थियो | लगभग म साउदीअरब आएको पनी ६ महीना भएको थियो | उनीलाई दिनमा एकपल्ट जसरी भएपनी फोन नगरी चित बुज्दैनथियो | यसरी बारम्बार हाम्रो सम्पर्क भइनै रहेको थियो |
एकदिन उनीले फोन गरेर म बिउटिपार्लर सिक्छु भनिन् | सुरुमा त अहिले पर्दैन सिक्नु छोरा सानो छ पुष माघ को जाडोको सिजन छ | छोरा बिरामी भयो भने घर मा केयर गर्ने मान्छे पनी छैनन् काम गर्ने केटी को भर मा बच्चालाई छोड्नु हुदैन | छोरा अलिक ठुलो होस् न भने | अनी ससुराली मा फोन गरेर साशुसग बोल्दै थिए | छोरीलाई सधै घरमा बस्दा बोर हुन्छ सिक्नदिनु नित ! मलाई पनी बारम्बार भनिरहन्छे सिक्छु भनेर भन्नु भो | मैले पनी सिक्नुनी भनेको तर छोरा अलिक ठुलो होस मात्र पो भनेको त भने | अन्त्यमा जसरि भए पनी सिक्छु अहिले नै भनेर जिद्दी गरिन | ल ठिक छ नी त सिक्नुनी, तर बच्चाको चाही एकदम केयर गर्नु है भनेर फोन राखिदिए | अनी केही दिनमा बिउटीपार्लर सिक्न को लागी भनेर पैसा पठाइदिए | उता उनि बिउटीपार्लर सिक्न थालिन भने म आफ्नो काम मा नै ब्यस्त हुन्थे |
छोरा आदित्यका तस्बिरहरु
हामी दुरीले समुद्रपारि टाडा भएपनी छिन छिन को फोन बाट कुरा गराइले नजिक भएकै भान हुन्थियो | लगभग बिउटीपार्लर सिक्न थालेको १५-२० दिन पछाडी बन्दना सग फोनमा कुरा गर्दा केही अनौठो भएको महसुस हुन थाल्यो |उनको बोलीचाली पनी केही फरक अनी फोन पनी बिजी भैरहने गर्दथियो | अनी बेला बेला सम्झाउदा झर्कने गर्न थालिन,बोलीमा पनी केही रुखो स्वोभाब हुन थाल्यो |तरपनि मैले केही भन्दिनथे | प्राय जसो मैलें यहाँ बाट फोन गर्दा एकै चोटी मा लाग्दथियो भने आजभोली फोन गर्दा खाली फोन बिजी मात्र हुन्थियो | लगभग एक महीना सम्म यसरीनै उनको ब्यहबार मा धेरै नै परिबर्तन आइसकेको थियो |
मेरो केही उपाए नलागेर ससुरालीमा सासुलाई फोन गरेर बन्दनमा आजभोली धेरै नै परिबर्तन भएको देख्दैछु पहिलाको जस्तो बोल्ने पनी गर्दिनन बोल्दा पनी झर्कने मात्र गर्छिन घर मा पनी भनेको टायम मा कहिल्यैपनि घर पुग्दिनन अरे | उसलाई मैले पहिलाको जस्तो ब्यबहारिक पनी देख्दिन | यस्तै मलाई परेका सबै पिडादायक व्यथा हरु सुनाए | सासुले पनी ए त्यसो हो हामीलाई त यहाँ केही थाहा हुदैन के कसरि बसेकीछे | म यहाँ बाट सम्झाउछु नी त भन्नु भो |

म बिदेस आएको लगभग ८ महीना भएको थियो तर बन्दना को बोलीचाली मा मैले झन झन रुखो स्वोभाब पाउन थाले | घरमा के कसरि बसेकी छ भन्नेकुरा बुज्न को लागी घरमा काम गर्ने केटीसग फोनमा कुरा गरौ भनेर बोल्न खोज्दा उसग कहिल्यै पनी बोल्न पाइन छिमेकीको न. देउन काम थियो भनेर छिमेकीको न. माग्दा पनी म सग कसैको न. छैन भनेर टार्ने काम गर्थिन | मलाई झन संका बडीरहेको थियो | तिम्रो फोन जहिलेपनी किन आजभोली बिजी हुन्छ भनेर सोध्ने गर्थे | जवाफमा उनले गौरिगंज् बाट डेडीले फोन गरिराख्नु हुन्छ भन्थिन | यसरी बारम्बार ढाटेकोले गर्दा मलाई झन झन टेन्सन हुनलागेको थियो |अनी जब बन्दनाको मोबाइल बिजी हुन्थियो म ससुराली मा फोन गरेर चेक गर्थे तर उता फोन लाग्दथियो | अनी कसको फोन आको थियो अगी मैले फोन गर्दा तिम्रो मोबाइल बिजी थियो नी| तर जवाफ मा डेडीले नै गरेको भन्थीन | जे जस्तो भए पनी मैले यहाँ बाट सके सम्म अर्ति उपदेस र ज्ञान गुणका कुरा सिकाई रहन्थे |

यता ससुराली मा फोन गरेर ससुरा सग बोल्दा पनी केही अनौठो भएको महसुस गर्न थाले |पहिलाको जस्तो गरेर नबोल्ने फोन उठाएर हेल्लो भन्ने अनी मेरो आवाज सुन्ने बितिकै सासुलाई फोन दिने | मैले जहिले फोन गरेपनि ससुराको व्यहोरा यस्तैनै हुन्थियो | अनी म आफै सम्झथे यत्रो बिदेस बाट फोन गर्दा पनी किन बोल्न पनी नमानेका होलान | सायद अब छोराले पैसा कमाउन थाल्यो र ज्वाईले पैसा माग्छ भनर होला भनेर सम्झन्थे | लगभग ३ महीना जति ससुरालीमा फोन गर्दा पनी ससुराको बोलीमा एकदिन पनी खुसीले रमाएको पाइन | यता श्रीमती सग बेलाबेला मा तिम्रो माइती त के खालका हौ ज्वाई ले बिदेस बाट फोन गर्दा पनी बोल्न मान्दैनन त ! की छोराले पैसा कमाउन थाल्यो भनेर बोल्ने मन नगरेका हुन् भनि तर्क पनी परिरहन्थ्यो |
बन्दनाले जवाफ दिदै भन्थिन:-मेरा माइतीलाई के सोच्नु भाको छ,विनोदले त अहिले १ महिनामा ४-५ लाख कमाउछ | तपाई ले १ वर्ष मा कमाउने त उसले १ महिनामा कमाउछ | खालि माइती कै मात्र गुण गान गाउने गर्थिन |उनको त्यो बोली ब्यबहार अनी ससुराको ब्यबहार ले मलाई साह्रै नै पश्चाताप लागीरहेको थियो | थुक्क आफन्त भनरे यत्रो सहयोग गरे आज सालो लाई सहयोग गरेर ठाउमा पुर्याए |तर आज म नै पो नराम्रो भएछु ससुरा र श्रीमती को नजर मा |

यता विनोदले पनी पहिला जति सुकै दुख भएपनी अहिले पैसा राम्रै कामएको छु भिनाजु भन्थियो| तर सालो गएको लगभग २ बर्ष भइसक्दा पनी १ पल्ट पनी सालोले भिनाजु सम्झेर फोन गर्दैन थियो | मैले यहाँबाट नै फोन गर्नु पर्थियो | दिनहरु यसरीनै चोट र पिडा लिएर बिताइरहेको थिए अनी आफ्नो भाग्य र कर्मलाई नै दोस दिन्थे | मेरो यहाँ जलिरहेको मन लाई कस्ले पो बुज्न सक्थियो र !
मेरो यता शारीरिक अवस्था दिनरातको सोचाइले गर्दा झन झन खराब हुदै गएको थियो | आफ्नो भनेर सर्बस्सो सुम्पदा पनी कहिल्लै खुसि पार्न सकिन ससुरालीलाई | भनिन्छ-मानिसलाई चिन्ताले चितामा पुर्याउछ, मलाई पनी त्यस्तै भइनै रहेको थियो | जे जस्तो भए पनी यो जलेको मनलाई समाहल्नुनै पर्दोरहेछ | दिनभर कामले थाकेर आएपनि बेलुका उनि सग गफ गरेर बोल्न पाउदा सबै थकाइ भागेर जान्थियो तर आजभोली उनको त्यो बोलीमा कहिले पनी मिठास सब्द भेटिन | उनि कहाँ जानछिन कति खेर घर आउछिन् मलाई कुनै खबर हुदैनथियो | सोध्दा पार्लर मा छु भन्थिन म पनी होला नी त भनेर विश्वास गर्थे |
मेरो यता अब घर जाने बेला पनी छोटिदै जादै थियो | अचानक छोरा आदित्य बिरामी भो भनेर बिलौना गर्दै फोन गरिन | के भएर एकासी बिरामी भो त केटा केटी को केयर गर है,भनेर मैले तिमीलाई पहिला देखीनै भन्दैछु नी | घर नजिक नै हस्पिटल छ लगेर देखाउन भने | अनी बेलुका छोरा लाई कस्तो भो त भनेर फोन गरे | उनीले जवाफ दिदै भनिन् ए ग्यास्ट्रिक ले पेट फुलेको रहेछ | डाक्टरले दबाई दिएकोछ ठिक हुन्छ भनिन् | यता मलाई कति खेर रात बित्छ र भोलि बिहानै छोरा को खबर सोधौ भैरहेको थियो |

बिहान लगभग ९ बजे तिर फोन गरेर छोरालाई अहिले कस्तो छ अलिक ठिक भो की! अ अलिक ठिक भयो म अहिले दबाई खुवाएर भर्खर बजार तिर जादैछु
| भरेतिर फोन गर्नुन भनिन् | म यता ढुक्क भएर काम गरिरहेको थिए | केही टायम पछाडी नेपाल बाट फोन आयो यसो हेरेको बन्दनाले गरेको रहेछ | हेल्लो भन्दै फोन उठाए उनीको बोलीमा थर थर काप्दै अनी रुदै छोरा सिकिस्त भइसक्यो अब म के गरौ कसो गरौ भनेर रुन थालिन | हैन तिमी त बजार गएको भनेको हैन र फेरी कहाको छोरा सिकिस्त भो भनेको | मलाई फोन गरेर बोलाए अनी आएको नी यती भन्दै फोन राखिन | 
मलाई यता के गर्नु के नगर्नु भयो बारम्बार फोन गर्छु बन्दनालाई तर फोन रिसिभ भएन | अन्त्यमा छोराको मिर्त्यु भैसकेको खबर सानिमा को मुख बाट सुने | अचानक यस्तो कुरा सुन्दा एउटा बाबु को अवस्था कस्तो भयो होला पाठकबृन्द तपाईहरु आफै नै महसुस गर्नुस | साथीहरुले धेरै नै सम्झाए पनी यो म माथि परेको पिडा लाई म कसरि भुल्न सक्छु र | न दिनमा भोक नै थियो न रातमा निन्द्रा | मलाई पिडा माथि पिडा थपिएर सरीर झन दुब्लाउदै गयो | मानिस लाई समस्या परेको बेला की धनले की त मन ले सहयोग गर्नु भन्थे मेरा प्यारा साथी हरु दुर्गा र जीवनले त्यो समय म धेरै नै ठुलो साहस र हिम्मत दिनु भयो तर त्यस्तो अवस्थामा पनी मैले नै खर्च लगाइदिएर अस्ट्रेलिया पठाएको सालो विनोदले १ पल्ट पनी फोन नगर्दा साथीहरु नै दङ्ग थिए |

आमाको लापरबाहीले अकालमा ज्यान गुमाउनुपरेको छोरा
आदित्य को मृत्यु हुदाको तस्बीर
बल्ल बल्ल इमर्जेन्सी फ्याक्स मगाएर ७ दिन को दिन घर पुगे |

आफ्ना २ छोराको भबिस्य उज्यालो पार्ने सपना बोकेर बिदेसिएको म आज आफ्नै घरलाई जता त्यतै अधेरो मात्र देख्छु अनी जेठो छोरालाई काखमा भाई खै बाबु भनेर भकानो फुट्ने गरि रोए कराए तर जति सुकै रोए कराएपनि मेरो छोरा त नफर्कने गरि सदाको लागी यो धर्ति लाई छोडेर गैसकेको थियो | छोराको कती कारणले गर्दा मिर्त्यु भएको रहेछ भनेर सबै बाट बुझे | सबैको एउटै उत्तर थियो निमोनिया बाट |  छोरालाई समयमा नै केयर गरेको भए सायद  छोरा बाच्ने रहेछ छोराको अकालमा मिर्त्यु भएकोमा धेरै नै पश्चाताप लाग्यो बाबुको मन न हो कहाँ पो मान्दो रहेछ र |

भनिन्छ ढुंगालाई माटोको भर,माटोलाई ढुंगाको भर | जिबनमा जतिसुकै दुख कस्ट परेपनि श्रीमतीको साथ पाएर आफ्ना पिडाहरु विस्तारै बिर्सिएला भन्ने सोचीरहेको थिए | तर मेरो सोचाई ठिक उल्टो भइदियो | छोरा बितेकोमा उनि प्रर्ती पिडाको बोध १ रति पनी थिएन |१०         महिनासम्म गर्वमा बोकेर जन्माएको काखमा खेल्ने छोरा आज अचानक काख नै खाली पारेर जादा पनी मनमा अलिकति पनि दयामाया नभाको |घर आएको २ दिन मात्र भएको थियो | उनीको ब्यहबार मा धेरै नै परिबर्तन देखे
बेलुका खाना खाएर सुत्ने बेला हुनलागेको मात्र थियो अचानक बन्दनाको मोबाइल मा २ पल्ट मिसकल आयो | फेरी फोन आयो लगभग ५-६ पल्ट घन्टी बजेपछि मैले फोन उठाए |तर मेरो आवाज सुन्ने बितिकै फोन काट्यो | अनी मैले आफै फोन गरे किनकि मलाई जान्न जरुरीथियो की किन बारम्बार यसरी फोन गरिरहने मान्छे को रहेछ भनेर तर उता बाट फोन रिशिव भएन | फेरी ५ मिनेट पछाडी आफैले फोन गरे त्यो न. मा | बल्ल बल्ल बोली अक्मकाउदै लड़बडायर १ जना मान्छे बोल्यो र भन्न थाल्यो कसलाई खोज्नु भएको भनेर अनी मैले जवाफ दिदै भने:-मैले खोजेको हैन तपाईले चाही कसलाई खोज्नु भएको र राती राति फोन गर्नु हुन्छ यो नम्बर मा यती बोल्दा बोल्दै फोन काटी दियो | त्यस पस्चात मैले धेरै नै फोन गरे त्यो नम्बर मा तर सम्पर्क हुन सकेन | मलाई कता कता संका लाग्न थाल्यो | यही मान्छे त हैन कतै मेरो घर बर्बाद पार्ने ! मैले बन्दनालाई सोधे यती राति तिमीलाई फोन गर्ने मान्छे को हो? उनले ठाडै जवाफ दिदै भनिन्:-मान्छे भएपछि कस-कसको फोन आउछ,आउछ नी ! त्यस्तो फोन नआउनको लागी त जंगलमा गएर पो बस्नु पर्छ | मलाई उनको यस्तो सब्दले रात कति खेर बित्छ जस्तो मात्र भयो रातभरी मनमा अनेक कुरा मात्र मन मा खेली रहयो | गाली गरेर झगडा गरौ भने भर्खर छोरा खसेको १ हप्ता मात्र भएको छ | गाउलेले झगडा गरेको थाहा पाए भने के जवाफ दिनु ? फेरी आफ्नै घरको इजत जान्छ भन्ने सोचेर आफ्ना पिडालाई मन मा नै दबाई राखे |
उनका हरेक क्रियाकलाप लाई मैले कडाइका साथ निगरानी राख्न थाले | लगभग दिउसो १० बजे तिर म रुममा बसीरहेको थिए भने बन्दना खाना पकाउदै माइत मा डेडी सग गफगर्दै भन्दैथिन:-डेडी मलाई यहाँ यसले मार्न आट्यो अंकललाई फोन गरेर मोबाइल बन्द गर्न लगाउनु | त्यो बाबु छोरीको गफगाफ मैले नजानिँदो पाराले सुनीरहेको थिए |
त्यसको ठिक १५ मिनेट पछी ससुराले झर्केर फोन गर्दै भन्नु भो ज्वाई तपाइले छोरीलाई खाली संका मात्र गर्नु हुदो रहेछ अनी झगडा मात्र गर्नु हुन्छ रे यो चाही मलाई ठिक लागेन है | मैले भने-संका गरेको हैन बारम्बार कस-कसको फोन आउछ अनी फोन आउने बितिकै मैले सुन्छुकी भनेर पर गएर बोल्छे अनी म नजिक जाने बितिकै फोन काट्छे र रिसिब गरेको नम्बर पनी deleteगर्छे तपाईकी छोरीले | यसलाई अलिक सम्झाउनुस | तपाईहरुलाई मैले पहिलादेखि नै भन्दै आइरहेकोछु | मलाई यस्तो बानी मन पर्दैन र सम्झाएको मात्र हो भन्दै थिए अझ झर्किदै अहीलेको जमानामा मान्छे भएपछी स्वतन्त्रता भएर हिड्न पाउनु पर्छ तपाईले यसरी मेरी छोरीलाई कन्ट्रोल गरेर राख्न पाउनु हुन्न भन्नु भो | अब देखी छोरीले खुसीले चल्न पाउनुपर्छ,दुख नपाओस भन्नु भो |

अनी बारम्बार बाबु छोरीको दिनमा १०-१२ चोटी गफगाफ हुन्थियो फोन बाट अनी म छेउमा गएर कुरा सुन्न खोज्दा फोन बन्द गर्दथे | अरु कसैको फोन आयो भने कोठाबाट बाहिर गएर बोल्ने गर्थिन | कस्ले गरेको खै हेरौ भन्दा नम्बर नै delete गर्थी | यती सम्म हुदा पनी मैले सहेर बसिनै रहेको थिए | मैले बाबु आमा साथीभाई र अरु कसैलाई दुख पोख्ने ठाउ पनी थिएन किनकी म आफैले मन पराएर ल्याएको श्रीमती थिए बन्दनालाई | म मेरो पिडाहरु अरु कसैलाई पोखेर दुखी बनाउन चाहन्थे |

यसरीनै बाबु छोरीको दिनचर्या चलिनै रहयो
| केहीदिन पछाडी बुबाआमा भेट्न भनेर गाउ गए सबै जनासग भेट भयो तर आफुलाई परेको चोटहरु मैले सुनाउन ठिक ठानिन र मनमा नै राखेर बसिरहे | एकदिन त्यस्तै दमक घरमा आउनु पर्ने काम पर्यो अनी बन्दनालाई घरमा छोडेर दमक घरमा गए | अनी आफ्नो काम सकेर घर फर्कन लागेको थिए अचानक एकजना परिचित व्यक्तिले बोलाउनु भयो र भन्नु भो भाई यसपाली त धेरै दुब्लाएर आउनु भएछ के भयो र | छोरा खसेको शोकले की अरु कुनै कारणले हो कुन्नी ! अनी अलिक टेन्सन पनी देख्दैछु | तपाईहरु लोग्ने स्वास्नी को सम्बन्ध राम्रो छैनकी क्याहो ? म बाट केही कुरा बुज्न खोजे जस्तो तरिकाले बन्दनाको बारेमा भन्न थाल्नु भयो-:भाई लगभग १ बर्ष देखी एकजना मान्छे बेलुका सधै रातो मोटरसाइकल लिएर तपाईको घरमा आइरहन्छ | हामी गाउलेले धेरै चासो लिनु त ठिक हैन र पनी छिमेकीको घर नबिग्रियोस भनेर भन्न लागेको | मैले सुरुमा सोध्दा त मेरो अंकल हो भनिन् बन्दनाले | तर बुज्दै जादा दमक चोकमा घर भएको दुलाल थरिको मान्छे रहेछ,बैंकमा काम गर्दोरहेछ | यहाँ सबैले बन्दना लाई रातो मोटरसाइकल भनेर उपनाम दिएका छन् |
फेरी ३-४ महीना पछाडी बन्दनालाई सोधे त्यो मान्छे साच्चै भनन को हो ? बन्दना भनेर |आइमाई केटाकेटी भएको घरमा सधैनै आइरहन्छ | अनीचाही हाम्रों घरमा बैंक मा काम गर्ने मेनेजर अंकल हो भनिन् | भाई यसरी आइमाई भएको घरमा दिन-दिनै आउनु त हामीलाई ठिक लागेन आज भोली बन्दना धेरै नै परिबर्तन भएकी छन् | तपाइको घरमा छोरा हेर्न बसेकी कान्छी ले हामी लाई के के कुरा सुनाइ रहन्छे, ल भाई टेन्सन नलिनु तर तपाई चाही होसियार भएर हिड्नु है | ल ठिक छ नी त के कुरा रहेछ घरमा काम गर्ने कान्छी बाट बुझउला भनेर म त्यहा बाट बिदा भएर सिधै कान्छी लाई भेट्न गए |

मंगलबार बजारको दिन थियो कान्छी र उसको दिदी लाई बजारमा भेटेर मैले सबै भएका कुरा सोध्न थाले | कान्छी ले र उसको दिदीले दिएको बयान यस्तो थियो-:एक जना दुलाल अंकल भन्ने मान्छे घरमा आउथियो | त्यो अंकल आएपछि आन्टीले मलाई पैसा दिएर दोकानमा चकलेट किनेर खा भनेर बाहिर पठाउनु हुन्थियो अंकल र आन्टी सगै कोठा भित्र बसी रहन्थेकहिलेकाही राती धेरैबेर सम्म बस्दथे | भाई जाडोले गर्दा घर जान नपाएर रुन्थियो अनी अंकल गएपछि मात्र म घरमा आउथे | | दिनभर मलाई र भाईलाई छोडेर घुम्न बाहिर जानु हुन्थियो आन्टीलाई एउटा टि-सर्ट पनी किनिदिनुभयो अंकलले | प्राय जसो आन्टी बिउटी पार्लर सिक्न भनेर बिहान १० बजे जाने र बेलुका मात्र घरमा आउने गर्नु हुन्थियो | कहिलेकाही बेलुका त्यो अंकलले मोटरसाइकल मा पुर्याउन आउनु हुन्थियो | अंकल आएपछि मलाई त डर लाग्थियो आन्टी देखी अनी भाईलाई लिएर छिमेकीको घर जान्थे | कहिले काही भाई म सग जान नमानेर रुन्थियो र झर्कदै भाइलाई पिट्नु हुन्थियो अनी समय मा दुध खान पाउदैन थियो भाइले | आन्टी दुध खुवाउन आउनु न भन्दा गाईको दुध खुवाउनु नी किनेर राखिदिएकोछु त भन्नु हुन्थियो सधै त्यो अंकलसग फोनमा गफ गर्नु हुन्थियो | आन्टीको माइतमा जादा पनी अंकल त्यहि बस्नु हुन्थियो अनी अंकल र आन्टी छत् माथी गएर गफ गरेर बस्दथे | भाईको हेरचाह नै गर्नु हुन्न थियो


एकदिन भाई बिरामी भएपछि आम्दा हस्पिटलमा लगेउ र डाक्टरले ग्यास्ट्रिकले गर्दा पेट फुलेको भनेर दबाई दियो | त्यो दबाई खाए पछी भाईलाई केही राम्रो भयो | भोलि पल्ट भाई झन सार्हो बिरामी भयो अनिफेरी हस्पिटल लगेउ डाक्टरले हिजो लगेको दबाही नखुवाउनु त्यो दबाई उल्टो परेछ | यो सबै दबाई को असरले गर्दा भएको भनेर अर्को दबाई दिनुभयो | बेलुका आन्टीलाई एकजना मान्छे ले फोन गरेर बोलायो,आन्टी ले म अहिले भ्याउदिन रात पर्यो भोलि बिहान आउछु भन्नुभयो | अनी हामी खान खाएर सुत्यौ | बिहान भाई पनी खेलीनै रहेको थियो | भाइलाई हतार हतार गरेर पहिला कै दबाई खुवाउन आट्नु भयो मैले यो दबाई डाक्टरले नखुवाउनु भन्नु भाको छ भने तर आन्टीले त जान्ने नहो भन्नु भयो र पहिला कै दबाही खुवाउनु भयो अनी हतार हतार गरेर पल्लो घरको आन्टी सग बजार जानु भयो | यता दबाई खुवाएको एकछिनमा नै भाई बेहोस भएर लल्याक लुलुक भयो | पल्लो घर को खड्का हजुरबाले काखमा राख्नु भयो | अनी आन्टीलाई फोन गरेउ आन्टी एकजनाको मोटरसाइकलमा आउनु भयो | तर भाई सबैले मरी सक्यो भन्दै थिए | हतार हतार गरेर आम्दाहस्पिटल लगे | भाई मरेको खबरले तपाई बिदेस बाट आउनु हुन्छ भन्ने थाहा पाएर आन्टीले खानेगरेको सबै दबाई फाल्नु भयो |” यती भन्दा भन्दै कान्छी रुदै थी भाइको माया ले हो या आन्टी को लापरबाही ले |

यी सबै कुरा सुने पनी मैले बेलुका घर गएर कसैलाई केही भनिन् | आफुलाई समाल्न नसकेर के गर्नु के नगर्नुभयो | रात भरि निन्द्रा पनी लागेन | उनि चाही मस्त निन्द्रा मा थिईन् | भोलीपल्ट ससुराली गयौ अनी कान्छीले भनेका सबै कुरा हरु गएर भने | तर वहा हरुले पनी मलाई नै संका गर्नु हुन्छ भन्नु भो | त्यो रात बसेर फेरी दमक नै आयौ |

के गर्नु मान्छेको मन न हो जति सुकै चोट परेपनि सहनु नै पर्दोरहेछ | अनी बन्दना लाई सबै कुरा जे हुनु भयो अब आइन्दा यस्तो गल्ति नगर्नु भनेर सम्झाए | अब बचेको एउटा छोरा छ उसको भबिस्य भनेको तिम्रो र मेरो हातमा छ किन की कान्छो छोरा मरेर गएपनि जेठो छोराको भबिस्य बनाउनु थियो | बाबु आमा को कारणले गर्दा छोराको भबिस्य अन्धकारमा धकेल्ने विचार थिएन मलाई | छोराको माया ममता अनी उसको भबिस्य सम्झेर उनीको यो गल्ति लाई मैले स्वीकारेको थिए | उनलाई यती सम्म सम्झाएको थिए की सायद संसारमा मैले सम्झाए जति मान्छे बिरलै होलान | तर पनी उनको ब्यहबार मा खासै परिबर्तन पाउन सकेको थिईन | मैले आफ्नो घर को इजत मा दाग लाग्छ भनेर यो कुरा लाई बाहिर ल्याईएको पनी थिइन् |
दिनहरु जे जस्तो भएपनी बितिनै रहेका थिए एक दिन अचानक मलाई ज्यान को खतरा छ भन्ने खबर कुनै माध्यमबाट जानकारी हुन आयो | डर त्रास देखाएर मलाई चाडै नै विदेश पठाउने खेल हो या अरु कुनै षड्यन्त्र | यसमा पाठक को खेल छ या अरु कसैको को त्यो भगबानलाई नै थाहा होला | जब यस्तो खबर मलाई आउछ भने मैले अब चुप लागेर बस्नु उचित ठानिन र मैले यो कुरा साथी भनौ या आफन्त २ जनालाई घटिरहेका सबै घटना को बारेमा जानकारी गराए | वहाहरुले अड्कल काटेको मान्छे र मैले भनेको घटना लगभग मिल्न नै गयो | वहा हरुले पनी पटक पटक सगै हिड्डुल गरेको देख्नु भएको रहेछ | अनी पाठकजी लाई बोलाएर एकपल्ट छोरि ज्वाई सग बसेर कुरा गराउनत भनेर कृष्ण पाठक लाई फोन गरियो तर वहाले वास्ता नै गर्नु भएन र नआउने कुरा गर्नु भो |
बेलुका तिर घर गए अनी खाना खाएर बसेरहेको थिए अचानक ससुराजीले फोन गर्दै भन्नु भयो | हैन! तपाईहरु अझै सम्म विवाद मा नै हुनु हुदोरहेछ | यदि तपाइहरु मिल्न सक्नु हुन्न भने मेरो जेठान सग कुरा गराएर म तपाई सग मेरी छोरि डिभोर्स गराउछु | यो सब्दले मलाई धेरै नै समस्या मा बनायो | किन छोरि लाई अर्ति उपदेश दिएर सहि बाटोमा हिडाउदैन | उल्टै किन एउटा परिबार भैसकेको घर बिगार्न खोज्छ | मेरो सानो संसारलाई पाठकले किन उजाड बनाउन खोज्दैछ,अब हुदा हुदा डिभोर्स गराउने योजनामा पुगी सकेको रहेछ |
मैले प्रती उत्तर मा हामी मिलेर बस्ने छौ भने तर उसले छोरि लाई खालि उकास्ने मात्र कामगरी रहयो |

एक महीनाको छुटीमा घर आएपनि विदेशबाट घर आएको मात्र १५ दिन भएको थियो | अब विदेश नबस्ने सोच बनाएर मेरो भिसा को म्याद सीधिने बेला भएकाले गर्दा विदेश गएर १५ दिनमा नै फर्कने सल्लाह गरि म बन्दना बाट बिदा भएर काठमाडौँ आए | काठमाडौँ आएर तिनकुने स्थित बन्दनाको ठुलो ममी को घरमा निस्के | वहाले पनी घटनाको बारेमा केही कुरा थाहा पाउनु भएको रहेछ | अनी म बिदेश बाट चाडै नै फर्कने हिसाब ले हिडेको कुरा वहालाई अबगत गराए |

अनी वहाले भन्नु भयो-:ज्वाई साब तपाइको कम्पनी धेरैनै राम्रो छ १-१ बर्षमा आइरहनु हुन्छ त्यस्तो राम्रो कम्पनी छोडेर नआउनु
| बरु बन्दनालाई म सगै काठमाडौँमा राखिदिनु तपाई नआइन्जेल सम्म छोरीको जिम्मा म लिनेछु | बन्दनाका बाबु आमाले नै छोरिलाई बिगारेका हुन् | पहिला पनी नेवार सग गएर फेरी फर्केकी हो त्यसलाई तपाइले स्विकार्नु भयो अनी बिनोदलाई अस्ट्रेलिया जादा पनी तपाइले नै पैसा हाल्दिनु भयो | ज्वाईले त्यत्रो सहयोग गर्दा पनी पाठकले गुण देख्दैन | त्यहाँ झापा राख्नु भयो भने झन बिग्रन्छे | पाठक नाताले बैनी ज्वाई भएपनी व्यहोरा भने ठिक छैन | मेरो ५० सालतिर लागेको ६० हजार पैसा त अझै सम्म दिएको छैन | लक्ष्मी दाइ सग दोकान पार्टनर गर्ने भएर दाइलाई पनी घर न घाटको बनायो | मान्छे १ नम्बरको पापी छ | छोरा पनी बन्दनाको लापरबाहीले गर्दा नै मर्यो | अनी मेरो छोरा आदित्यको फोटोलाई हेरेर गहभरी आशु पारेर रुनु भयो | मलाई साह्रै नरमाइलो लाग्यो अनी वहाको सरसल्लाह ले मलाई धेरै नै साहस बढेर आयो | मैले पनी तपाई जिम्मेवारी हुनुहुन्छ भने बन्दना लाई यही राख्ने विचार मा छु भने |
त्यहाँ बाट बिदा भएर बेलुका म सिधै एयरपोर्ट गए अनी ५ घण्टा को यात्रा पछाडी विदेश आइपुगे | म आएको देखेर सबै जना साथी हरु तिन छक्क नै भए | छोरा मरेर इमरजेन्सी १ महीनाको छुटीमा घर गएको किन १५ दिनमा नै फर्केको होला | धेरै साथीहरु एक आपसमा कुरा गर्न थाले | मैले आफुमा भएको घटना सुनाउन उपयुक्त ठानिन |

मि.बिनोद अस्ट्रेलिया को खुसियाली मा रम्दै

विदेश आएको १-२ दिन पछाडी बिनोदलाई फोन गरेर सबै घटनाको बारेमा जानकारी गराए | किनकि एउटा घर भित्र भएको दुखद घटनालाई उसले बुझेर मेरा हराएका खुसि लाई फिर्ता ल्याउन सक्छ भन्ने मेरो आशा भरोसा मात्र उ थियो | उसले दिदीलाई गालि गरेर सझाएपछी बन्दनामा धेरै नै सुधार आएको देखे | अनी मैले अब देखी बन्दना लाई काठमाडौँमा नै राख्ने सल्लाह गरे | उसले पनी बन्दनालाई काठमाडौँ नै राख्नु भनेर सल्लाह दियो |

बच्चाको पडाई बैशाख बाट सुरु हुने भएकाले बन्दनालाई काठमाडौँ बसेर छोरालाई पडाउन चाडैनै आउन सल्लाह दिए | सुरुमा त आउनको लागी मानेकी थिइनन् तर मैले बारम्बार अनुरोध गरेपछी बल्ल बल्ल छोरा लाई लिएर काठमाडौँ आइन | अनी छोराको पनी स्कुल भर्ना गरिन | समय सगसगै हाम्रो संबन्ध राम्ररी नै बितीरहेको थियो | बारम्बार हाम्रो टेलीफोनमा गफ भइनै रहन्थियो | ससुरालीले जस्तो सुकै चोट पिडा दिएपनि मैले हप्तामा एकपल्ट फोन गरेकै हुन्थे ससुरालीमा पनी | बन्दनालाई मोबाइल बाट फोन गर्दा खर्च धेरै हुन्छ भनेर यहाँ बाट इन्टरनेट जोड्नको लागी laptop किनेर पठाई दिए | अनी बारम्बार इन्टरनेट जोड है,दिनभरी जतिसुकै काम गरेर थाकेपनी तिमी र छोरा सग भिडियोमा हेरेर बोल्न पाउदा खुसि लाग्छ | तिमिलाई पनी त्यहाँ एक्लै बस्दा बोर हुन्छ होला | मलाई पनी यहाँ टेन्सन हुन्छ भने | तर उनीले भोलि पर्सि जोडछु भन्दा भन्दै कहिलै जोडिनन |

यता विनोदले पनी भिनाजुं यहाँ मेरो पैसा पनी कमाई राम्रै हुन लाग्यो तपाइको पैसा म दशैँ सम्ममा तिर्छु भन्यो तर मैले पैसा तिर्नको लागी हतार नगर बरु आफु कसरी हुन्छ त्यहासेटल हुने कोसिस गर भने | हैन भिनाजु तपाइको पैसा चलाएको पनी धेरै नै भयो अब मलाई यहाँ पहिलाको जस्तो गाह्रो छैन | अरुले देख्दा पनी नराम्रो हुन्छ म पैसा दशैँमा तिरी सक्छु भने | अब तिम्रो विचार छ भने तिर्नु नी त भने |
दिन हरु बितिनै रहेको थिए | भाइले दशैँमा पैसा तिर्ने कुरा बन्दनालाई सुनाए अनी सबै पैसा एकै साथ दियो भने म आउछु र काठमाडौँमा नै कुनै किसिमको दोकान गर्नुपर्छ भने | तर बन्दनाले अब १ बर्ष पछाडी आउनु नी अहिले के को हतार र आउनलाई | म यहा छोरा लाई राम्ररी पडाएर बसेकै छु,कुनै कुराको टेन्सन नलिनु भनिन् | एक किसिमले उनीको कुरा पनी ठिकै नै लाग्यो आजभोली भन्दै दशैँ पनी आयो अनी भाई ले पैसा दिने कुरा के भयो त भनेर बन्दनालाई फोन गरे तर जवाफ मा उनीले पैसा भएन अरे अहिले फाल्गुनमा पठाउने अरे भनिन् | होला नी त परदेशको ठाउ भन्ने बितिक्कै पैसा जस्तो कुरा कहाँ हुन्छ र भनेर सोचे अनी फाल्गुन पनी आयो | तर पैसा बैशाखमा पठाउछ भाइले भनिन् जब बैसाख आयो मेरो घर आउने छुटी पनी आयो र अब म चाडैनै घर आउदै छु भनेर बन्दनालाई खबर गरे | तर बन्दनाले भाइले पैसा बैसाखमा पनी दिन सक्दैन अरे असारमा आउनु भनिन् | ल ठिक छ नी त म त्यसै गर्छु भने फेरी केहिदिन पछाडी फोन गरेर भनिन् अब तपाई यो असारमा न आउनु एकै चोटी दशैँ मा भाइले सबै पैसा दिने अरे | अनी नजानेगरी आउनु ल भनिन् | यता बिनोदसग लामो समय देखी फोनमा सम्पर्क भएको थिएन | अनी सालोलाई फोन गरे तर बिनोदले फोन रिसिव गरेन र बेलाबेला फोन गर्दा फोन नै काट्ने गर्थियो | किन फोन विनोदले नउठाएको भनेर ससुरालीमा सोध्ने गर्थे | कामको बिजीले गर्दा नउठाएको भनेर जवाफ दिन्थे |मलाई कता कता ससुराली र बन्दनाले भएर सालो लाई मेरो बारेमा नभएका कुरा लगाएर उसलाई एकोहोरो बनाएको हुनुपर्छ भन्ने संखा लाग्यो नत्र दशैँमा दिने भनेको पैसा अहेले सम्म किन पठाएन त ! यस्तै यस्तै कुरा मनमा खेली रहन्थियो |
मलाई भित्र भित्र बिभिन्न कुराहरुले संखा गराइरहेको थियो किन यसरी पैसा दिने कुरामा भाका सारेको होला फेरी सालो बाट बुझ्न खोजौ भने सालोले फोन पनी रिसिब गर्दैन |
एकदिन फोन गरे बल्ल बल्लमा फोन उठायो तर मेरो आवाज सुन्ने बितिक्कै हेलो भनेर फोन राखी हाल्यो | फेरी बारम्बार फोन गरे करिब १० मिनेट सम्म फोन लगातार गरेपछि बल्ल बल्ल सालो को बुडि(दिपा)ले फोन उठाइन | अनी बिनोदलाई फोन दिनुन भने तर उनीले त अक्मक्किएको आवाज मा बिनोद सग भेट नभएको २ दिन भयो काम मा जानु भएको छ भनिन् र फोन राखिन | मैले अगी भर्खर त्यही नम्बर मा फोन गर्दा बिनोद ले फोन उठाएको तर अहिले किन दीपाले कुरा ढाटेको होला ! सबै परिवार भएर मेरो घर बिगार्न कुनै षडयन्त्र त बनाएका छैनन्,पक्कै यसमा केही रहस्य लुकेको छ भनि मन मन मा डर लागी रहन्थियो |
पहिला मेरो बारेमा ससुराली घरमा तारिफ हुन्थियो असल ज्वाई पाएकोमा तर आज सबै पाठक सन्तानहरु नै म देखी टाडा टाडा हुदा कसको मनमा पिडा हुन्न र !

बन्दना सग बेलाबेलामा भबिस्यको बारेमा कुरा गर्थे उनलाई छोराको भबिस्य बनाउनु पर्छ | तिम्रो र मेरो लापरबाहिले छोराको जिबनमा असर नपरोस भन्थे भने उनि चाई जहिलेपनि निहु खोजेर पहिलेकै कुराहरु दोहोर्याउथिन | अनी बन्दनाले कहिले मेरो मामा ठुलो मान्छे छ मलाई संखा गर्ने गरेको हैन म मामालाई राखेर तपाईसग कुरा गर्छु भन्ने त ! कहिले माइतीको प्रसंसा गर्ने गर्थिन | म सोच्दथे की पक्कै बन्दनाले आफन्त जतिलाई मेरो बारेमा नेगेटिब कुरा लगाएर सबै दोष म माथि थुपारेकी छन् | अनी मैले होसियारी अपनाएर बन्दना सग भएका जति पनी बोलेका कुरा हरुलाई फोन रेकर्ड गरेर राख्न थाले |

बन्दनाले केही महीना अगाडी देखी म बिरामी छु भन्थिन अनी मैले यहाँ बाट राम्ररी उपचार गर्नु भनेर बारम्बार खर्च पठाउन थाले | जतिखेर फोन गरे पनी हस्पिटलमा छु मात्र भन्ने गर्थिन | तिमीलाई बिरामले धेरैनै सतायो भने म आउछु अनी त्यहि बसेर ब्यापार गर्नुपर्छ भने तर उनले पर्दैन अहीले आउनु यहाँ आएर के गर्नु र भाइले पनी पैसा अहीले दिन सक्दैन अनी के को पैसाले ब्यापार गर्नु र भनिन् | यसरी नै बिरामी भएको ३-४ महीना भईसक्यो बिराम ठिक पनी हुदैन अब तपाई चाडैनै आउनु भनिन् | यहाँबाट कम्पनीले भन्ने बितिकै घर आउन नदिने जानकारी गराए | अनी म १५ दिन भित्र मा आउछु अहीले खर्च पठाईदिन्छु भने उनले पनी हुन्छ भनिन अनी पैसा पठाउन बैंकमा पुगेको मात्र थिए उनले नै फोन गरेर पैसा मलाई नपठाउनु बरु तपाई चाडो सक्दो आउनु भनिन | मलाई बन्दना धेरैनै बिरामी भएजस्तो लाग्यो अनी चाडै नै घर आउछु भनेर पैसा नपठाई बैंकबाट फर्के |
उता ससुराली मा फोन गरेर बन्दना बिरामी भएको खबर सुनाए म पनी विदेश बाट चाडै नै आउदैछु भने अनी ससुरा काठमाडौँ आउछु भन्नु भयो| बन्दनालाई डेडी आउने खबर सुनाए अनी उपचार गर्दै गर्नु है भने | उनीले पनी हुन्छ भनिन् उनि बिरामी भएकाले मलाई कहिले घर जाउ जस्तो भैरहेको थियो | काठमाडौं जस्तो ठाउ सबै आ-आफ्नो काममा बिजी हुन्छन | बिरामी को केयर कस्ले गर्ला अनी छोरा को पडाई बिग्रेला भन्ने डर भइरहेको थियो |

भोलि पल्ट बिहान १० बजेतिर फोन गरे अनी तिमीलाई बिराम कस्तो छ भनेर सोधे उनीले पनी अलिक ठिक भएको छ भनिन् | हाम्रो दिन मा २-३ पल्ट फोनमा गफ हुन्थियो अनी म यहाँ बाट मिसकल गरिनै रहन्थे | फेरी १२ बजेतिर फोन गरे तर लगभग १५-२० चोटी फोन गर्दा पनी तपाइले डायल गर्नु भएको नम्बर switch off मात्र भन्छ | अनी गौरीगन्ज फोन गरेर बन्दनाको नम्बर मा त फोन लाग्दैन त भनेर जानकारी गराए |वहाहरुले खै हामीलाई थाहा भएन भन्नु भो | अनी बन्दनाको ठुलो ममी लाई फोन गरेर सोधे खै बन्दना कहाँ छ फोन पनी लाग्दैन त भने | वहाले औसधि किन्न गएकीछिन् भन्नु भयो | २-३ घण्टा पछाडी फेरी फोन गरे तर अहिले सम्म आएकी छैन बन्दना भने,फेरी पनी छैन नै भने अनी औसधि किन्न लाई पनी यत्रो समय त नलाग्नु पर्ने त ! खै गीता दिदी लाई फोन दिनु त भने अनी बन्दना खै भनेर सोधे,वहाले अलिक डराएर अक्मकिदै भन्नु भो म र बन्दना सगै घर बाट निस्केका हौ अनी उसलाई थापाथली हस्पिटलमा छोडेर म कलेज गए तर म अहिले कलेज बाट फर्कदा सम्म बन्दना आएकै छैन भनिन् | त्यसो भए चाडै खोज्न जानुस भने अनी फेरी बेलुका ८ बजे सम्म खोज्दा पनी भेट्न सकिएन भने | अनी ससुरा लाई फोन गरेर सोधे वहाले म भर्खर आइपुगेको तर बन्दना म आउदा छैन उसको र मेरो भेट हुनसकेको छैन |

बाबु पनी त्यहि दिन आइपुग्नु छोरी पनी बेपता हुनु अचम्ब नै लागीरहेको थियो
| रातभरी सोचाइले नै बित्यो कहा गई होला | कसैले अपहरण पो गर्यो की मन मा धेरैनै कुरा खेली रहयो | बिहानै बन्दनाको ठुलो ममी लाई फोन गरेर सोधे वहाले चाही ए ज्वाईसाब आतिनु पर्दैन बन्दनाका साथीहरु र बन्दना मनकामना गएका रहेछन बाटो मा पहिरो गएकाले गर्दा हिजो आउन पाएनन भरे सम्म मा आइपुग्छन् भन्नु भयो | बल्ल केही साहस आयो |

म यता काममा बिजी भएपनी फोन गरेर बुझौ भनेर फोन गरें गीतालाई | अनी वहाले त बन्दनालाई त कसैले अपहरण गरेको हुनुपर्छ उसको मोबाइल पनी अफ छ भन्नु भयो अनी ससुरालाई र ठुलोममी लाई सोधे वहाहरु पनी अपहरण मै परि बन्दना भने | अनी बिहान फोन गर्दा त मनकामना गएको भनेको हैन र भने हैन ज्वाई तपाई लाई टेन्सन हुन्छ भनेर ढाटेको मात्र हो यहाँ हामी लाई पनी धेरै नै टेन्सन भईसक्यो| छोरा आदर्श पनी मामु खै भनेर रोहिरहेको छ हामी ले यहाँ सबै तिर नाकाहरुमा पुलिसलाई खबर गरि सक्यौ तर फेला पार्न सकेका छैनौ |

काठमाडौँमा बेला बेला अपहरण को घटना बारे मैले पडीरहेको थिए तर आज आफ्नै श्रीमती अपहरण परि भनेको सुन्दा मेरो होसहवास नै गाएब भैसकेको थियो
| अनी गीतालाई फोन गरेर धेरैनै बिलौना गरेपछि पो भन्नु भयो | बन्दनाको र यहाँ काठमाडौँको एउटा केटाको पहिले देखिनै आइजाई थियो अहिले त्यो केटा को नम्बर मा फोन गर्दा पनी लाग्दैन | २ जना कै मोबाइल स्विचअफ छ | सायद त्यो केटा सग घुम्न गएको हुनु पर्छ | अनी तपाइले हस्पिटल मा छोडेको भनेको हैन र ! मैले ढाटेको तपाईलाई टेन्सन हुन्छ भनेर भन्नुभयो |
यसरी बारम्बार फोन गर्दा सबैले अलग अलग कुरा गरेपछि मलाई यो सबै पाठकको खेल हो |काठमाडौँ आउनुको कारण पनी छोरीलाई बिदाइ गर्नको लागी आएको हो भन्ने भैसकेको थियो | तर फोन मा कुरा गर्दा चाही हामी सबै तिर खोजि रहेका छौ मात्र भन्थियो | अनी छोरा लाई फोन गरेर सोधे मामु खै भनेर तर छोराले थाहा छैन भन्छ अनी कोहिपनि खोज्न गएका छैनन् तपाईलाई ढाटेका बाबा भन्छ | म माथि यत्रो ठुलो गेम किन सबैजनाले खेल्दैछन् लगभग ३-४ दिन सम्म कति रोए कराए तर उनि हरुले वास्ता नै गरेनन मेरो पिडालाई | बारम्बार म घर आउछु भनेर एमरजेन्सी फ्याक्स पठाइदिनु भने तर सबैले हुन्छ पठाइदिन्छु भनेर आश देखाए तर एक हप्ता सम्म पनि फ्याक्स नआएपछि एकजना आफन्त भाई लाई खबर गरेर एमरजेन्सी फ्याक्स मगाए |

म काठमाडौँ पुग्ने साथ छोरालाई भेट्न गए | सबै जना जम्मा भएर बसेका रहेछन छोरालाई अगाल्दै डाको छोडेर रुन पुगे | आफ्नो परिबारको भबिस्य बनाउने सपना बोकेर सात समुन्द्रपारी गएको थिए तर आज फर्कदा छोरालाइ मात्र एक्लै भेटे | अरुले जति सम्झाए पनि पिडा चोट मलाई परेको थियो सबै जनाले नरुनु ज्वाई भनिरहेपनी आफ्नो मनलाइ समाल्न सकिरहेको थिइन् | | छोरा पनि मलाइ हेरेर त्यसै उदास देखिन्थियो | मामु खै सानु भनेर सोधे गोकर्णे सग पोइला गइ भन्यो | पोहोर साल छोरा को निधन भएर आउनु पर्यो यसपाली श्रीमती अर्कासग हिडीरे भनेको सुनेर आउनु पर्यो | कान्छो छोराको शोक नसेलाउदै फेरी अर्को पिडा थपीयो जति सुकै पिडा भएपनि सहनु नै पर्दोरहेछ | अब मेरो एउटै सहारा भनेको छोरा आदर्श थियो उसलाई हेरेर नै मैले चित्त बुजाउनु थियो | अब छोराको भबिस्य को सम्पूर्ण जिम्मा मेरो हात मा थियो | मेरो लापरबाहीले गर्दा छोराको भबिस्य बिग्रन्छ भन्ने सोचे अनि आफुलाई समाल्न बाध्य बनाए |

बन्दना हिडेकोमा सबैले आफ्ना आफ्ना तर्क दिईरहेका थिए | मन्दीप र उनको ममीले भन्दै थिए:-भिनाजु त्यो गोकर्णे सग बन्दनाको १ वर्ष देखि लब परेको थियो | त्यो केटा सग मस्ती गर्नको लागि झापामा हजुरआमा सिकिस्त बिरामी हुनुहुन्छ भनेर ममीलाई झापा पठाई तर पछि बुज्दा हजुर आमा बिरामी हुनु भएको रहेनछ | हजुरआमा लाई बिरामी भएको नाटक गर्न लगाईछे,अनि ममी झापा जानु भयो यहाँ एक्लै मौका पारेर केटालाई घरमा ल्याउने गर्थी | मैले पोल सुनाउछु भनेर मेरा बारेमा नै नराम्रा कुरा लगाइदिने गर्थी मेरो कुरा अरुले पत्याउदैनन थिए | त्यो परको चिया पसलमा गएर चिया दोकानको आन्टीलाई लोग्ने नभए पनि यो उमेरमा त मोजमस्ती पो गर्ने हो त कहाको लोग्नेलाई पर्खेर बस्नु र ! भन्दी रैछे | भिनाजु त्यो त एक नम्बर कि रन्डी हो | तपाइको पैसा धेरैचाही मोजमस्तीमा नै सकी | दिनै पिच्छे ड्रेस चेन्ज गरेर हिडथी | भान्जालाई बिहानदेखि बेलुकासम्म स्कुलमा पठाउथी अनि आफु चाही फ्री भएर जतासुकै हिडने गर्थी भान्जाको केएर नै गर्दिनथी | पहिलासुरुमा त अर्कै केटासग हिड्ने गर्थी तर पछि त्यो गोकर्णे सग पो लागिछे |
लिला दिदीले भन्नुभयो:-ज्वाई पहिला नेवारसग गएकीलाइ पनी तपाइले अगाल्नु भयो | ९ महिना सम्म गर्बमा राखेर जन्माएको यस्तो कलिलो मुना जस्तो छोरालाइ त माया गरिन भने,तपाई त्यसलाई सम्झेर यो सरीर नसुकाउनु | झन अग्नि मामालाई त तपाईको बारेमा नराम्रा कुरा लगाएर यो दुनियामा तपाइँ भन्दा खत्तम मान्छे नै छैन बनाएकी छे | त्यस्ती बेस्या बसेकी भए झन तपाइको घर नै बिग्रहन्थियो| अब हिडी राम्रै भयो नया घरजम गरेर बस्नुस आ खुट्टा भए जुत्ता जति पनी पाइन्छन् | किन रुनुहुन्छ बेकारमा !

कृष्ण पाठक को बयान:-ज्वाई बन्दना कहाँ गई भन्नेकुरा हामीलाई समेत थाहा छैन | छोरीले गुहु खाइदिएपछि मेरो के लाग्छ र! भन्दै विभिन्न गालि गर्यो छोरीलाई | तपाइको केहि गल्ति छैन | यस्तो सुखले राख्दा त भएन अब त्यसलाई सम्जेर आफ्नो जिबन बर्बाद नपार्नुस | मेरी छोरी नै रन्डी हो, त्यो केटा सग पनी बस्दिन फेरी अर्का केटा सग हिडछे त्यसलाई चरेर खाने बानी भएको छ | यहाँ बसिन्जेल तपाईको पैसामा मोजमस्ती गरि अहिले मौका मिलाएर अर्कै सग हिडी | त्यो मेरो लागी मरे सरह हो मलाई समाजमा मुख नदेखाउने बनाएर गई | यदि भेटे र घरमा छोरी आईभने बरु रन्डी खाना खोलेर बस भनदिन्छु तर मेरोघर को ढोका सदाको लागी बन्द भो छोरीको लागी ! तपाइले ससुराली भनेर धेरैनै सहयोग गर्नु भो तपाईले गरेको सहयोग अनुसार मैलें चलाएको सबै पैसा र १ बिघा ५ कट्ठा जग्गा तपाईलाई झापा गएपछि फिर्ता गरिदिन्छु म सबैका कुरा सुनेर बिचार मात्र गरि रहेको थिए |

एकछिन पछाडी झाप्प बत्ती गयो सबै आ-आफ्ना धुन तिर लागे भने पाठकले छोरा लाई लिएर माथ्लो तल्ला तिर गयो अनि आफ्नो श्रीमती लाई झापा फोन गर्यो र भन्दै थियो ए ! साच्चै भोलि त्यहा गौरीगंजमा ठुलो मेला लाग्छ नातिलाई १० हजार पर्ने हेलिकप्टर किनीदिनु है म नातिलाई लिएर आउछु पर्सि अनि उता बाट खै उसको बुडीले के भनि कुन्नि उसले फोनमा भन्दै थियो तिमी टेन्सन नलेउन मैले हाम्रा सबै मान्छे लाई १००% बेबकुफ बनाएकोछु भन्यो
| मैले नथाहापाएको जस्तो गरेर टाडा बाट उसको कुरा लुकेर सुनीरहेको थिए | त्यस पछाडी के भयो कुरा थाहा भएन | उसले देख्ला कि भनेर म त्यहाँ बाट हिडे |

उसको त्यो बोलि बाट प्रस्ट भयो कि छोरीलाई बेस्या बनाउन मा उसकै हात छ भन्ने कुरा अब उसैले मेरो छोरो पनी म बाट टाडा बनाउन जाल खेलेर छोरालाई फकाउदै थियो भने छोरीलाई विभिन्न जाल गरेर अर्कालाई जिम्मा लगाएको थियो र आफन्त लाई चाही मेरो छोरि रन्डी बेस्या हो भनेर बिलौना गर्दैथियो |

मलाई बारम्बार एउटै कुरा दिमाख आइनै रहयो किन पाठकले मेरो भबिस्य माथी यत्रो ठुलो खेलबाड गरेको ! मैले ससुराली भनेर के नै पो गरिन र ससुरालीको लागी | हुनत पहिला पनी मलाई धेरै नै उसैका आफन्त र छिमेकि हरुले सम्झाएका थिए | पाठक लाई सहयोग नगर्नु है यसले सम्पति को लागी आफ्नो अर्काको भन्दैन एक नम्बर को पापी छ पछि धोका होला ! मैले यसो सोच्दथे आखिर पैसा कमाउनु भनेकै आफ्ना छोरा छोरी नाति नातिना को लागी फेरी मैले उल्टै सहयोग गरे भने मलाई झन कसरि त्यसो गर्लान | मन मा धेरै नै कुरा खेलाए | हुन सक्छ पाठले सम्पती कमाउछ भनेर ज्वाई ससुराको सम्बन्ध तोड्न खोजेका पो होलान फेरी ससुरो त्यस्तो भएपनि सालो त पढेलेखेको छ उसले त मैले गरेको सहयोग लाई सम्झिन्छ होला नी ! मैले सहयोग गरेको पनी खास त सालो लाई नै हो नी ! धेरैकुरा सोचेपनि मैले सालोलाई सहयोग गर्ने अठोट नै गरे|
हाम्रो हिन्दु समाजमा छोरी ज्वाईको पैसा खानु हुदैन पाप लाग्छ भन्ने उखान छ भने मेरो पैसा त झन कसरी खालान र !
तर अन्त्यमा तिनै मान्छे ले दिएको अर्ति उपदेस आज मलाई घाटी को पासो जस्तो भयो | हुनत सर्पलाई जति सुकै दुध खुवाए पनी अन्त्यमा आफैलाई ड्स छ रे |

भोलि पल्ट छोरालाई नया लुगा किनीदिन्छु र साथमा घर लिएर जान्छु भन्दा पनी छोरा दिन मानेन | उल्टै लुगा किन किन्नु पर्यो र यसका लुगा छन अनि आफै लिएर जान्छु गौरीगंज भन्यो आउदा खेरि एउटै गाडी मा घर आयौ छोराले त्यही पोहोर साल छुटिमा आउदा किनिदिएको पुरानो लुगा लगाएको थियो | मन धेरै नै रोयो आज छोरालाई समेत एक जोडी लुगा किनिदिन खोज्दा पनी छोरा साथमा लैजान  दिएन | पाठकको चर्तिकला देखेर धेरै नै दिमाख तातिसकेको थियो तर गाडीमा अरु पनी पेसिन्जर भएकाले गर्दा आफ्नो रिसलाई कन्ट्रोल गरे | बेला बेला छोराले पछाडी फर्केर मलाई हेर्दथियो | सायद उ म भए ठाउमा आउन खोज्दै थियो होला | बाटा मा खानेकुरा किनिदिए छोरा लाई | रात छोरालाई हेरेर नै बित्यो | बिहान लगभग ३ बजेतिर दमक पुगे | तर छोरालाई लैजान दिएन | मेरो एउटा सहारा भनेको छोरा थियो जो सग बसेर मैले सारा दुख पिडा भुल्नुथियो | उसले यस्तो अबस्थामा झन छोरालाई फकाएर बाबा सग जाउ भन्नु पर्ने मा उल्टै म बाट टाडा बनाउन खोज्दथियो | अब भन्नुस पाठक बृन्द ! कृष्ण पाठक कती सम्मको कठोर आत्मा भएको मानबरुपी दानब हो?

आफैले जन्माएको छोरालाई हेरचार
नगर्दा बालकले अकालमा ज्यान
गुमाउनु पर्यो
दिनभरी दमक चोकमा बसे अनि बेलुका तिर घर गए | घर भित्र कोठामा पसे पोहोर आउदा त्यही कोठामा आफ्ना परिबार सग हासखेल गरेको झझल्को आइरह्यो | छोरा मात्र साथमा भएको भए कमसेकम बोल्ने साथी त हुन्थियो नी ! छोरा र श्रीमती सग खिचेको फोटा हरु हेरे खै के मन मा आयो बन्दनाको फ्रेम गरेर राखेको फोटो लाई धुजा धुजा गरेर च्यातिदिए | अनि छोरा को फोटोलाई अगालो मारेर ओछ्यानमा ढल्के | मनले थाम्नै सकेन रात रोएर नै बित्यो | भोलीपल्ट बिहान उठे अनि घर का सबै सामान हरु हेरे | तर मैले विदेश बाट ल्याएका blanket,torch,iron,mixture लगाएत धेरै सामानहरु थिएनन | लगभग कोठा रित्तै थियो | केहीबेर पछाडी सबै छिमेकीहरु भेला भए कसैले सम्झाउन बुझाउन थाले भने कसैले त्यो रन्डी गएकै राम्रो भयो | यहाँ दमकमा हुदा सबैलाई नचाई,अब काठमाडौँ मा कसलाई फसाई नी |
बन्दनाको बाबु उस्तै एक नम्बर को सोसक छ यो सबै तिनीहरुको योजना हो | अब तिमीबाट सम्पती हात पार्न छोडे अनि छोरीलाई अर्को तिर लगाइदियो नी बाउले | यहाँ हुदा घरमा दुलाल को ढुक्कै बास थियो | बजिया बाबु पनी सार्है नै लबस्तरो पो छ त हौ | यहाँ ज्वाई ले ब्याजमा लगाएको पैसा त उठाएर लग्यो | एक जना बहिनीले भनिन अस्ति दशैँमा बन्दना आउदा २ वोटा रिक्सामा सामान लोड गरेर बन्दनाले लगेको हो
मैले मेरो ब्यहबारको कुरा सबै समाजमा राखे | छिमेकी सबैजना भएर पाठक को घर घेर्न जाउ भन्ने सल्लाह भयो तर मैले अहिले पर्दैन भने | कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्न जानु उचित देखिन | मैले जतीसुकै न्याय अन्याय गरेपनी भगवानले एक दिन सत्यकै फैसला गर्नेछन् |
मैले पाठक सग काठमाडौँमा गरेको सहमति अनुसार मेरो सबै पैसा र १ बिघा ५ कट्ठा जग्गा को बारेमा फोन बाट कुरा गरे | तर उसले म अहिले भ्याउदिन बिरामी लिएर सिलगुडी जानु छ भोलि पर्सि मिलाउला न भनेर फोन काट्यो| मलाई थाहा थियो की पाठक सामाजिक कार्यमा हिड्दैन भन्ने | उ त जहाँ नाफा र अरुलाई सोसड गर्न पाइन्छ त्यहाँ नै उसको दिमाख पुग्थियो | २-४ जना साथी भएर गैरिगंज गयौ | पाठकलाई घरमा नै भेटियो | अनि सबै आफ्नो हिसाब पीताब देखाए तर उसले काठमाडौँमा ठिक भनेको हिसाब उसको घरमा गएपछि यो हुदै होइन भन्यो र जग्गामा मेरो पैसा परेको छ भन्यो मेरो गौरीगंज मा ८ बिघा जग्गा छ यो सबै तलाई दिनु र त सग के को आधार छ र मैले जग्गा दिनु भन्यो | अनि पैसाको ब्यबहार पनी नमिल्ला जस्तो भयो अनि साथीहरुले पनी भन्नु भो यो मान्छे खिच्चो रहेछ यो सग कुरा गरेर हुदैन सामाजीक हिसाबले जाउ भनेर हामी त्यहाँ बाट निस्केउ |
अनि त्यहीका २-४ जना भद्र-भलादमी सग हाम्रो समस्याको बारेमा कुरा राखेउ | वहा हरुले भन्नुभयो तपाइले बिबाह नगरिन्जेलसम्म पाठकको केहि पनी थिएन | पाठकले तपाइको पैसा बाट चलखेल गरेर नै सबै सम्पती जोडेको हो | अहिले घरको तला थप्यो चामलको ब्यापार गरेको सबै तपाइकै पैसाले हो | खै कता खेती पनी जोडेको छ रे | यसको सबै कहानी हामीलाई थाहा छ | पहिला नै हामी सग बुझेको भए सबै भन्दिने थियौ | तपाई पनी ससुराली घर देखि बाहिर कहिल्यै निस्कनु भएन | सबै सर्बसो नै ससुरालीलाई सुम्पनु भयो | यसको छोरीको पनी पहिला गर्भ फालेको हो | पहिला हामी सबैजना सग सहयोग माग्यो छोरि अन्यायमा परि भनेर | हामीपनि सहयोग गर्न जुटेपछि पाठकले पैसा लिएर केस भित्र भित्र मिलाएछ | पैसाको लागी पाठक जस्तो सुकै घटिया काम गर्न पनी तयार हुन्छ | छोरी हिड्नु मा यो सबै यिनीहरूको नै हात छ | यहाँ त छोरीलाई बिदा गर्न काठमाडौँ गएको थियो रे भन्ने हल्ला छ |
ठिकै छ तपाइहरु २-४ जना भद्र भलादमी लिएर आउनुस | यहाँ हामी सबै साथि भाइ सल्लाह गरेर तपाईलाई न्याय दिलाउछौ |
त्यसपछी मंगलबार सबैजना गौरीगंज ठानामा भेट हुने सरसल्लाह भयो | हामी त्यहाँबाट हिडेपछि भोलिपल्ट कृष्ण पाठक को दाजु लक्ष्मी पाठक मलाई भेट्न दमक आउनुभयो | उहाँले भन्नुभयो तपाइ ज्वाई ससुराको बारेमा मंगलवार गौरीगंज थानामा ठुलो छलफल छ भनेर मैले सुनेर तपाइसँग बुझ्न आएको | मैले आफ्ना भएका सबै कुराहरु वहा लाई राखे अनि वहाले भन्नु भयो यो केस भनेको हाम्रो घर भित्रको कुरा हो यसलाई घर बाहिर ल्याउनु हुदैन | म एउटा समाजसेबी व्यक्ति भएको नाताले यसको प्रत्यक्ष असर भनेको मलाई पर्छ | घर भित्रकै केस भएकाले गर्दा भोलि भाइको गल्ति र लापरबाही ले गर्दा हाम्रो सन्तानमा समाजको अगाडी नराम्रो छाप पार्न सक्छ | यसबेला तपाई धेरैनै अन्यायमा पर्नु भएको छ म जसरि हुन्छ तपाईलाई न्याय दिलाएर छोड्नेछु | यो मेरो बचन भो तर यो केसलाई समाजको अगाडी नल्याउनुहोला | मैले पनी हुन्छ नी त मिलाउनु हुन्छ भने किन ठाना चौकी गर्नु त भने अनि पर्सि पल्ट सबै जना भद्र-भलादमी दमक मा भेटगर्ने सहमति भयो |

गौरीगंज बाट दाजु-भाई आए अनि अरु दमकका २-४ जना बुद्दिजिबी भएर छलफलमा बस्यौ | २०५८ साल देखि लगेको सबै हिसाब देखाए | पैसा ब्याज सहित हिसाब गर्दा लगभग १५ लाख र १ बिघा ५ कठा जग्गा पाउनु पर्ने भयो | तर उसले पैसा दिएको प्रमाण के छ? म यत्रो पैसा तिर्न सक्दिन भन्यो अनि कुनै पैसा छोरीलाई दिएको छु भन्न थाल्यो भने कुनै पैसा मैले पहिला नै तिरीसकेकोछु भन्यो | अनि जग्गा पनी मेरो पैसाले किनेको हो भन्यो र जग्गा दिन्न जानुस अदालतमा गएर मुद्दा लड़नुस भन्यो | त्यो जग्गा अहिलेको बिक्रि भाउ अनुसार कट्ठाको ५० हजारका दरले जान्छ भन्यो| त्यसो भए १५ कट्ठा माटोमा नै मिल्ने सहमति भयो | अन्त्यमा ८ लाख ७० हजार र ५० हजार कट्ठाको बिक्रि भाउ अनुसार १५ कठा पाठकले दिने कुरामा सहमति भयो | मैले ससुरालीलाई विश्वास गरेर पैसा दिएको थिए | म सग आधिकारिक प्रमाण भनेको केहि पनी थिएन उसले काठमाडौँमा पैसा र १ बिघा ५ कठा जग्गा फिर्ता गरिदिन्छु भनेको कुरा चाही मैले रेकर्ड गरेर राखेको थिए | तर म १ महिनाको छुटिमा आएको थिए लगभग २० दिन मात्र बाकि थियो घर बस्ने | कहाको अदालतमा मुद्दा हाल्ने सोचनै राखिन |
 त्यहाँ भएका सबै मान्छेले कृष्ण तिमीले यसरी ज्वाइको पैसा खान मिल्दैन | हिजोसम्म मेरो ज्वाई धेरै सोझा भलादमी भनेर कुरा गरि हिद्दने तिमी र आज आएर तिमीले ज्वाई लाई यस्तो हालत मा पार्न मिल्दैन |हामी सबैलाई थाहा छ तिम्रो घरको आर्थिक स्थिति पहीला कस्तो थियो र चुडालले छोरी बिबाह गरेपछि कस्तो छ भनेर | भएको सबै ब्यहबार चाडै मिलाउ भनेर गालि गरिरहेका थिए |तर पाठकले त्यस्ता कुरा लाई हासेर नै पचाईदिन्थियो | अरु छेउमा बसेर कुरा सुन्नेले कस्तो लबस्तरो रहेछ भन्दै थिए |


पैसा को लागी १० दिनको भाका राख्यो र जग्गा भदौ १५ गते सम्ममा छोरा आदर्शको नाममा पास गर्ने सर्तमा छलफल सकियो | पैसा १० दिन पछाडी दियो अनि म जग्गा हेर्न भनेर गौरीगंज गए तर जग्गा पहिला भनेको नभएर अर्कै एउटा खोला पसेको धाद्रो जग्गा देखायो | | पहिला चाही मलाई १३ कट्ठा र १२ कट्ठा को २ वोटा जग्गा देखाएको थियो | अनि गायत्रा बाट लिएको माटो खै त भनेर सोधे | उसले भन्यो त्यो माटो त त्यतीखेर नै फिर्ता गरिहालेनी,बचेको माटो यो मात्र हो भन्यो | यो जग्गा पास नगर्ने भनेर म फर्केर घर आए |
भोलि पल्ट गायत्राको घरमा जग्गाको बारेमा बुझ्न गए | गायत्राले भन्दै थीइन त्यो बन्दना र उसको घरमा बस्ने मेनेजर अंकल एकदिन स्कुलमा भोट भएकाले गर्दा हाम्रो घरमा भात खान आएका थिए | अनि बन्दना लाई त्यो अंकलले फकाएर भन्दै थियो रे बन्दना तिमी यती राम्री छौ यो जवानीको बैसलाई किन त्यसै खेर फाल्छौं यो बेलाको तिम्रो उमेर त मोजमस्ती गर्ने पो हो त अनि तिम्रो बुडा बिदेशमा छ त्यसलाई पर्खेर जवानी खेर नफाल| यों सबै मेरो आमाले सुन्नु भएको रे | मैले सोधे फेरी कहिलेको कुरा हो यो त्यो त तपाइको कान्छो छोरा जन्मेकै थिएन | मैले हिसाब गर्दा दुलाल सग को सम्बन्ध ५ वर्षा देखि चल्दै आएको रहेछ | हामीलाई त त्यही दुलाल अंकलसग बन्दना पोइला गई भन्ने संका छ |
अनि तपाई यहाँ आएर बुझ्नु हुन्छ भनेर बन्दनाको डेडी ममीले हाम्रो बुबा लाई बजारमा बोलाएर फकाएछन् | जग्गाको बारेमा ज्वाईले सोध्नु भयो भने जग्गा छैन भनिदिनु है | बरु तिमीहरुको घरमा खानलाई चामल छैन भने १ बोरा चामल मेरो दोकान बाट लैजाओ तर सत्य कुरा नभन्नु | ज्वाईले थानामा बोलाएर छलफल गर्ने भनेका छन | तपाईले सबै कुरा भन्नु भयो भने हाम्रो बर्बाद हुन्छ | अनि बुबाको गोजीमा चुरोट खानु भनेर रु.५० हाल्दिएछन् | पहिला बुबालाई देख्दा समेत नबोलाउने | अनि ३० हजारमा ब्याजको ब्याज गरेर २ बर्ष मा ९६ हजार भयो भनेर जग्गा आफ्नो नाममा बनायो | बुबाले हामी सबैलाई घरमा आएर सुनाउनुभयो |

सबै कुरा गायत्राको घरमा गएर थाहा पाए अनि बेलुका घर फर्केर पाठकलाई फोन गरे, अब मेरो विदेश हिड्ने दिन आइसक्यो ब्यहबार चाडो मिलाइदिनुस की घरमै आउनुपर्छ सल्लाह गर्न को लागी | तेरो र मेरो के नाता छ र मेरो घरमा आउछस भन्यो | त सग नाताको कुरा हैन मेरो ब्यहबार मिलाउनको लागी आउन आटेको हो भने | त्यती मात्र कहाँ हो र उसको छोरीलाई दिएको काठ का सामानको पैसा हिसाब गरेर माग्दै थियो मैलेपनी आएर लैजा भनिदिए | एकछिन डिसकस पर्यो र फोन काटिदियो | लक्ष्मी पाठकलाई फोन गरेर सबै कुरा सुनाए तपाइको भाइ हिजो सम्म मेरी छोरीले गुहु खाएपनि हाम्रो नाता सकिएको छैन नाति छ | नातिको मायाले गर्दा पनी म तपाइको घरमा आउछु भन्ने तर ब्यहबार को कुरा गर्दा चाही के नाता छ भनेर भन्छ भने यो कति सम्मको शोसक रहेछ | लक्ष्मी पाठकले भन्नुभयो:- त्यसो भन्छ भने खै अब मैले पो के गर्नु र अस्ति माथि दमकमा उसको सपोर्ट गरिन भनेर म देखि लोग्ने-स्वास्नी यहाँ आगो भएर बोलिसक्नु भएको छैनन  | जस्तै भएपनि भाइ हो उसले बेइमान गर्यो भनेर म देखि नरिसाउनु तपाइको र मेरो नाता छदैछ ठिक छ म एकपल्ट उसलाई भेटेर कुरा गर्छु नी | अनि फेरी २-४ जना बसेर दमकमा नै सल्लाह गर्ने योजना भयो र जग्गा भदौ १५ गते पास गर्ने सर्त भयो |
मेरो भोलि पल्ट विदेश हिडने दिन थियो | घरमा सबैजना सग बिदा भएर म विदेश लाग्ने तरखर मा थिए | एक्लो छोरा लाई छोडेर विदेश फर्कने अलिकति पनी मन थिएन तर भएको सबै सम्पती जती पाठकले नाटक गरेर खाइदियो | अनि विदेश हिड्न बाध्य बनायो |
यता विदेश आएपनि बेला बेलामा पाठकले जग्गा पास गर्यो भनेर घरमा सोधी रहन्थे | तर खाली पास गरिदिन्छु भनेर भाका मात्र राखी रहन्छ भने | अनि बेला बेलामा घरमा आएर छोरा लाई भेट्छ रे | गाउमा आएर मेरी छोरी रन्डी हो त्यसको हामीले खोजिनै गरेको छैन | अहिले सम्म फोनमा सम्पर्क नै छैन कहाँ छे कहाँ थाहानै छैन भन्छ रे | अनि फेरी अरुतिर गएर चाही मेरी छोरी अर्कै केटासग हिडेकोमा मलाई अलिकति पनी दुख छैन | मेरी छोरी करोडपति सग गएकी छे भन्छरे | मैले फोनमा ब्यहबारको कुरा गर्दा के नाताले मेरो घरमा आउछस भन्थियो तर आज भोलि मेरै घरमा न आइज भन्दा पनी खुसु खुसु आउछ भने यसलाई कहाँ सम्मको लबस्तरो भन्ने | इज्जत नभएको मान्छेलाई लाज सरम को ख्यालनै हुदोरहेनछ |

बिदेस आएको ८ महिना पछाडी म घर फर्के तर अझै सम्म जग्गा पास गरेको रहेनछ | घर पुगेको ३-४ दिन पछाडी लक्ष्मी पाठकलाई फोन गरेर सोधे जग्गाको बारेमा | तर म अलिक बिजी छु भरे फोन गर्नु न भन्नुभयो | फेरी फोन गरे तर वहाले पनी अलिक रिसाउदै हामीले आदर्शको नाममा जग्गा पास गर्ने भनेका हौ | यहाँ अलिक पैसाको समस्याले गर्दा ढिलो भएको हो मेरो कुरा भैसकेको छ अब चाडै गर्दिने भनेर भाका राख्नु भयो | छोराले महिनाको ५ लाख कमाउछ भनेर भन्दै हिड्छ कृष्ण पाठक तर जग्गा पास गर्न चाही पैसा छैन भन्छ | पोहोर भदौ देखि म्याद थपेर यहाँ सम्म आइपुग्यो अब कति पर्खने र ! तपाइले जिम्मा लिनु भएकोले गर्दा पो तपाईलाई भनेको त भने |

फेरी एक हप्ता पछाडी लक्ष्मी पाठकलाई फोन गरे तर वहा त बाघले सिकारलाई झम्टे जस्तो गरेर उल्टै धाक धामी दिदै भन्नु भयो:-जग्गा कहिँले र कतिखेर दिने हाम्रो विचार को कुरा हो | यसमा तपाइको हतारले हुदैन भनेको मान्नु हुन्न भने जानुस अड्डा अदालत गर्न | यो दमक गौरिगंजको थाना चौकी त लक्ष्मी पाठकले चलाएर हिडेको हो | धेरै धमास नदिनुस यस्ता लौरे डन्ठा सग लक्ष्मी पाठक पछाडी हट्दैन | लक्ष्मी पाठकलाई सानो तिनो मान्छे नसम्झीनु नी भन्दै धेरै धम्कीपूर्ण भाशा प्रयोग गर्यो | तर म चाही किन जग्गा पास गर्छु भन्दै भाका राखेको मात्र भन्दैथे | अनि अन्त्यमा चाही अलिक नरम भएर भन्नुभयो:- कृष्णको घरमा नआएपनि तपाई मेरो घरमा आउनुस हामी भनेका दोहोरो नाताका मान्छे हौ मेरो घरमा बसेर सल्लाह गरौला | तपाईलाई विश्वास लाग्दैन भने कागज गरिदिन्छौं | अनि जग्गा तपाइको छोराको नाममा अशार १५ भित्रमा पास गरिदिन्छु | मैले पनी त्यत्रो भलादमी भएको ठाउमा बोलेको कुरा हो भोलि छलफलमा बसेका मान्छे ले सोधे भने मैले पनी जवाफ दिनुपर्छ | तपाई ढुक्क भएर विदेश जानु भन्नु भयो |

मैले यो कसैको व्यक्तित्वमाथि असर पर्ने भाबना राखेर लेखेको हैन | सम्पुण प्रमाण को आधार मा यो लेख तयार पारेको छु | कानुनले प्रमाण खोजेमा मा प्रमाण उपलब्ध गराउन तयार छु र मलाई दोषी ठहराएमा मा दोषीको भागि बन्न तयारछु | मेरो यो आफ्नै जीबनमा कहिल्यै नभुलीने दर्दनाक कहालीलाग्दो घटना हो | संयोगबस तपाईहरू कसैसग मिल्न गएमा क्षमाप्राथी छु | भोलिका दिनमा घटनाले कस्तो मोड लिने हो त्यो समयले नै निर्धारण गर्ला | यहाँ म तपाईहरू लाई के अबगत गराउन चाहन्छु भने यो घटना पढेर कोही कसैलाई विश्वास नगर्नु भनेको हैन| संसार बिस्वासमा नै अडेको छ फेरी सबैजना को मन मस्तिक र हिर्दय पाठक परिबार को जस्तो कठोर पनी हुदैन होला | यो संसार बिचित्रको छ कतै ज्वाई ठगिएको घटना सुनिन्छ त कतै ससुरा | मलाई विश्वास छ सत्यको जहिलेपनी विजय हुन्छ पर्खन मात्र गाह्रो हो |

म सबै पाठकबृन्द सग एउटै प्रस्नचिन्ह खडा गर्न चाहन्छु के कोही गाउसमाज बाट अबहेलना भएकी कसैकी छोरीचेलीलाई स्विकार्नु मेरो गल्ति थियो त? अनी एउटा सम्बन्ध भित्रको ससुराली जस्तो पवित्र नातालाई सहयोग गरेर उसको जिबन उकास्न खोज्नु मेरो सोचाही गलत थियो? अनी एक भाइ सरह को सालोलाई सहयोग गरेर उसको भबिस्य प्रती मैले सोच राख्नु नै म गलत थिए त ?

अब यो संसार मा कसैले कसैलाई विश्वास नगर्ने त !

अन्त्यमा सुन्दरी बन्दनालाई म के अनुरोध गर्न चाहन्छु भने म जतीसुकै पिडा र बेदनाले तड्पिए पनी तिमी जहाँ जसरि रहेपनी सधै खुशीसाथ रहेकै हेर्न र सुन्न चाहन्छु | मलाई जस्तै अहिले को लोग्नेलाई बाबु छोरीको जालमा फसाएर सडक छाप नबनाउनु | अनी जनावरको जस्तो बच्चा पाउदै लोग्ने फेर्ने काम नगर्नु | मेरो जिबनमा हुदा बिताएका पलहरुलाई मैले जे जस्तो रुपमा लिएपनि तिमीले कहिल्यै पनी दुखको अनुभुति नलिनु | तिम्रो बाउले आज भोलि पनी मेरी छोरी कडोरपती सग गई भनेर रबाफ लाउदै हिडछन रे | तिमीलाई त सम्पती र मोजमस्ती नै प्यारो लाग्दो रहेछ तर म सम्पती भन्दापनी आफ्नो परिबार नै प्यारो ठान्छु | तिमीलाई यो कुरा पनी थाहा छैन होला | तिमीले ९ महिना गर्वमा राखेर संसार देखाएको छोरा आदर्शले पनी आजभोली तिम्रो र तिम्रो बाउको नफरत गर्छ | तिमी र तिम्रो बाउको जतिपनि फोटो छननी त्यो सबै च्याती दियो अनी तिम्रो नाउ गुण्डेनी रे |तिमीले काठमाडौँमा छोरा प्रति गरेको माया ममता र स्याहार सुसार अनी उसको पडाई प्रति कतीको ख्याल गरेको थियौ | सबै आजभोली भन्न थालेको छ | अझ त्यति मात्र कहाँ होर तिमी छोरा र तिम्रो प्यारो दुलाल अंकल भएर होटलमा बियर खाएको पनी रे नी | तिम्रो ठुलो ममी,तिमी र तिम्रो नया जीवनसाथी सगै चिडियाखाना घुम्न गएको रे नी | आजभोली त सबै भन्छ नी तिम्रो रामकहानी मेरो छोराले | कस्तो आनन्द आयो होला हगी म विदेशमा छोरा र श्रीमतीको भबिस्य लाई सोचेर दुख गर्ने तिमी जिबनसाथी फेर्दै हिड्दा | अनी तिम्रो ठुलो ममी मेरो छोरा लाई भेटन आउनु भएको थियो रे | अनी छोरालाई हेर्दै गह भरि आसु झारेर जानु भयो रे | त्यो बनावोटी आसु को कुनै मूल्य छैन | छोराले भन्थियो त्यो मोटीले नै हिडाएको हो मेरो मामुलाई | सबै कुरा तिम्रो ठुलो ममी लाई थाहा रहेछ त फेरी किन नाटक गर्नु झाक्री पनी आफै बोक्सी पनी आफै भनेको यहि हो |
ल फेरी पनी अन्त्यमा सुखका साथ मा तिम्रो जिबन बितोस यहि छ मेरो अतित बाट सुभ-कामना !

No comments:

Post a Comment